एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै « Khabarhub

एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन्। समूह चरणमा विजेता र उपविजेता बनेका भारत र पाकिस्तानले सुपर फोरमा भेट पक्का गरेका हुन्। यो खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुँदैछ।

समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो।

समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो।

समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन्। सुपर फोरको पहिलो खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा श्रीलंकालाई चार विकेटले हराउँदै बंगलादेशले दुई अंक जोडेको हो।

आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ०७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व