गण्डकी प्रदेशमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै « Khabarhub

गण्डकी प्रदेशमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशमा जेन-जीको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक तथा निजी भौतिक संरचनाको शनिबारदेखि प्रारम्भिक अध्ययन तथा मूल्याङ्कन सुरु भएको छ ।

नेपाल इञ्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले प्रदेश सरकारसँगको सहकार्यमा यही भदौ २३ र २४ गते प्रदर्शनका क्रममा आगजनी गरी क्षति पुगेका संरचनाको प्रारम्भिक अवस्थाको अध्ययन तथा मूल्याङ्कन ‘र्‍यापिड भिजुअल ड्यामेज एसेसमेन्ट’ (आरभीडीए) अभियान सुरु गरेको हो ।

यस अभियानअन्तर्गत गण्डकी प्रदेश मातहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा सार्वजनिक भवनको स्थलगत निरीक्षण गरी क्षतिको अवस्थाबारे तथ्याङ्क सङ्कलन गरिने एसोसिएसनका सभापति सन्तोष जिसीले बताए । उनका अनुसार इञ्जिनियरहरूको छवटा छुट्टाछुट्टै समूह गठन गरेर क्षतिको अवस्थाबारे तथ्याङ्क सङ्कलन थालिएको गरिएको छ ।

प्रत्येक टोलीमा एक टोली नेता र पाँच जनासम्म सदस्य रहेका छन् । प्रत्येक टोलीको कार्यक्षेत्र, निरीक्षण क्षेत्र र जिम्मेवारीसमेत तोकिएको एसोसिएसनले जनाएको छ । यस अभियानबाट क्षतिको वास्तविक विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

सभापति जिसीले भने, ‘प्रभावित संरचनाको वर्तमान अवस्थामा सुरक्षित छ वा छैनन् भन्ने निर्धारणका लागि तत्काल प्राविधिक परीक्षण आवश्यक छ । हामीले सुरु गरेको यस अभियानले गण्डकी प्रदेशका सरकारी भवनको वास्तविक क्षतिको अवस्था उजागर गर्दै आगामी दिनमा पुनःनिर्माणको योजनाका लागि प्राविधिक आधार तयार गर्नेछ ।’

त्यसैगरी, अभियानबाट सङ्कलन भएको तथ्याङ्क तथा जानकारी आगामी चरणमा आवश्यक पुनर्निर्माण, मर्मत तथा जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ । जेन-जी प्रदर्शनका क्रममा प्रदेशमा सबैभन्दा बढी क्षति पोखरामा भएको छ । मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालय, जिल्ला प्रशासन, मालपोत, जिल्ला अदालतलगायत पाँच दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड भएको छ । प्रदर्शनका क्रममा आगजनीमा परेर पोखरामा तीन जनाले ज्यान गुमाएका थिए । (रासस) 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ३८ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा