अन्तरिम क्याबिनेट विस्तार गरिँदै : महावीर र जगदीशले स्वीकारे मन्त्री बन्ने प्रस्ताव, भगवान र सन्दुक तयार भएनन् | Khabarhub Khabarhub

अन्तरिम क्याबिनेट विस्तार गरिँदै : महावीर र जगदीशले स्वीकारे मन्त्री बन्ने प्रस्ताव, भगवान र सन्दुक तयार भएनन्



काठमाडौँ- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट विस्तार तयारी गरेकी छन् ।

भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिनपछि तीनजना मन्त्री नियुक्त गरेकी कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी हुन् ।

उनले राष्ट्रिय अनुसन्धान केन्द्रका सञ्चालक महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्न प्रस्ताव गरेकी छन् । पुनले पनि शिक्षामन्त्रीको जिम्मेवारी लिन सकारात्मक रहेको जवाफ दिएका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनपछि जेन-जीको बलमा कार्की प्रधानमन्त्री भएकी हुन् ।

यसअघि कुलमान घिसिङ ऊर्जामन्त्री, ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्री र रामेश्वर खनाल अर्थमन्त्री भइसकेका छन् । जेन-जी युवा अनिल बानियाँका अनुसार महावीरले पाँचथरमा रहेकै बेला मन्त्रीका लागि तयार रहेको संकेत गरेका छन् ।

उनले पाँचथर पुगेर किताब बेचिरहेको अवस्थामा मन्त्री बन्ने प्रस्ताव आएपछि सरकारमा सहभागी हुने जनाउ दिइसकेका छन् । किताब बेच्ने क्रममा पाँचथरमा रहेका बेला बेला पुनले मन्त्रालयको अफर आए उपयुक्त जिम्मेवारी सम्हाल्ने बताएका थिए।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेललाई नियुक्त गरिने सम्भावना छ । खरेल इमेज टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत छन् ।

मन्त्री बन्न लागेकोबारे खबरहबले प्रश्न गर्दा सञ्चारकर्मी खरेलले आफ्नो नाम चर्चामा आएको स्वीकारेका छन् ।

उनले मन्त्रीको प्रस्ताव आएको स्वीकार्दै सैद्धान्तिक रुपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘साथीहरूले धेरै चर्चा गर्नुभएको थियो। मलाई पनि स्रोतबाट सोधिएको पनि हो। मैले सैद्धान्तिक रूपमा सहयोग गर्नुपर्छ भने तयार छु भनेको थिएँ’, उनले भने, ‘मेरो नाममा निर्णय भयो भनेर मलाई खबर आएको छैन।’

खरेलले प्रधानमन्त्रीनिकटबाटै कुरा आएको स्वीकारे । ‘उच्च स्रोतबाटै मसँग कुरा भएको थियो। म पत्रकार भएको नाताले सञ्चार मन्त्रालयमा हो कि भन्ने बुझेको छु तर मलाई फाइनल कुरा थाहा छैन’, उनले भने ।

अहिलेसम्म क्याबिनेटमा जाने दुई मन्त्रीको नाम करिब फाइनल भइसकेको छ ।

‘अन्य मन्त्रीको विषयमा छलफल भइरहेको मैले बुझेको छु। सञ्चारमा जगदीश र शिक्षामन्त्रीमा महावीर नियुक्त हुने सम्भावना प्रबल छ’, प्रधानमन्त्रीनिकट बानियाँले भने, ‘हामीले सबै हिसाबले गैरराजनीतिक व्यक्तिलाई मन्त्रालयमा ल्याउने तयारी गरेका छौँ।’

अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पनि खरेल र पुनको नाम स्वीकारेकी छन्। उनले जेन-जी युवा र विज्ञहरूसँग छलफल गरेर दुईजनाको नाम स्वीकारेकी हुन् । दुई व्यक्तिहरूलाई चाँडै मन्त्री बनाइने स्रोतले बताएको छन ।

‘आज या भोलि दुवैजना मन्त्रीमा नियुक्त हुनुहुनेछ’, स्रोतले भन्यो, ‘अहिले १५/२० जनाको नाममा छलफल भइरहेको छ। अरु पनि फाइनल गर्दैछौँ।’

विजय लामाबारे छलफल

कार्कीले आफ्नो सरकारमा चर्चित पाइलट विजय लामालाई पर्यटन मन्त्री बनाउने इच्छा राखेकी थिइन्।

तर छ महिनामा केही पनि काम गर्न नसकिने भन्दै क्याप्टेन लामाले यो विषयमा अहिले निर्णय गरिनसकेको खबरहबलाई बताएका छन्।

कार्कीले मात्रै होइन, जेन-जी युवा र अन्य व्यक्तिले पनि लामालाई पर्यटन मन्त्री बन्न प्रस्ताव गरेका थिए।

स्वास्थ्यमा सन्दुक र भगवानको चर्चा

कार्कीको क्याबिनेटमा स्वास्थ्य मन्त्रालयका लागि डा. भगवान कोइराला र डा. सन्दुक रुइतको नाम चर्चामा छ।

कार्कीले दुवैजना डाक्टरहरूलाई भेटेर स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिन भनिसकेकी छन्। तर रुइत र कोइराला दुवै मन्त्रीको जिम्मेवारी नलिने बताइरहेका छन् ।

रुइतले तिलगंगा आँखा अस्पताल छाड्न नसक्ने उत्तर दिएका छन् । उता भाटभटेनीका मालिक मीनबहादुर गुरुङको ठूलो आर्थिक सहयोगमा बाल अस्पताल बनाउन लागेका कोइराला दबाबमा छन् ।

जेन-जीका नाममा भाटभटेनीमा ठूलो क्षति गरिएपछि कोइरालाले मन्त्री हुने इच्छा नदेखाएका हुन् । आफ्ना ठूला सहयोगीलाई गहिरो चोट लागेका बेला मन्त्री हुन अनुचित हुने राय उनले आफूनिकटहरूसँग राखेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ४३ बजे

मलयालम सुपरस्टार मोहनलाललाई दादासाहेब फाल्के पुरस्कार प्रदान गरिने

काठमाडौं– भारतीय सिनेमा क्षेत्रका चर्चित अभिनेता मोहनलाललाई भारतको सर्वोच्च फिल्म

जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन

सशस्त्र प्रहरी बल गृहमन्त्रीले भने- कार्यक्षेत्रमा उच्च मनोबल र हौसलाका साथ परिचालित हुनुस्

काठमाडौं– गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले

फूलपातीबाट सर्‍यो ‘अभिमन्यु’, अब दशैँमा तीन फिल्मको मात्रै प्रतिस्पर्धा

काठमाडौं – फिल्म ‘अभिमन्यु’ असोज १३ गते अर्थात् फूलपातीबाट प्रदर्शनमा

बक्यौता उठाउने कुलमानको निर्णयलाई बोर्ड बैठक बसेर कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव

काठमाडौं– डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान