भारतीय राजदूत निरन्तर सक्रिय, भेटे ऊर्जामन्त्री घिसिङलाई « Khabarhub

भारतीय राजदूत निरन्तर सक्रिय, भेटे ऊर्जामन्त्री घिसिङलाई


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा दुई जनाबीच भेटवार्ता भएको हो । जेन-जी प्रदर्शनको बलमा गठित अन्तरिम सरकारको शक्तिशाली मन्त्री घिसिङलाई भेट्न राजदुत श्रीवास्तव आइबार बिहानै सिंहदरबार पुगेका थिए ।

भेटका क्रममा भारतीय राजदूतले घिसिङलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उनले नेपालको ऊर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री घिसिङले नेपालको विकासमा भारतले पुर्‍याउँदै आएको सहयोग स्मरण गर्दै अब पनि कायमै रहने बताएका थिए ।

जेन-जीको आन्दोलनपछि नेपालमा आएको राजनीतिक परिवर्तनयता नेपालमा सबैभन्दा सक्रिया भारतले देखाइरहेको छ। भारतीय राजदूत श्रीवास्तव निरन्तर भेटघाटमा लागेका छन् । यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका थिए । कार्कीको शपथमा समेत उनी शीतल निवास पुगेका थिए

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : ४० बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै