जेन-जी आन्दोलनमा जलेका १२ जनाको कंकाल भएन सनाखत, परीक्षण गर्नै समस्या « Khabarhub

जेन-जी आन्दोलनमा जलेका १२ जनाको कंकाल भएन सनाखत, परीक्षण गर्नै समस्या


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शन क्रममा मृत्यु भएका ६२ जनाको शव आफन्तहरूलाई बुझाइएको छ । 

देशभर ७४ जनाको मृत्यु भएकोमा १२ जनाको अझै सनाखत हुन सकेको छैन । काठमाडौंमा मृत्यु भएका ७, सुनसरी ४ र मोरङमा १ जना गरी १२ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

उनीहरूको सनाखतका लागि नेपाल प्रहरीका देशभरका शाखा मार्फत सूचना जारी गरिसकिएको प्रहरी नायव महानिरीक्षक एवम प्रवक्ता विनोद घिमिरेले बताए । उनका अनुसार मोबाइलको लोकेशन लगायत विभिन्न प्रविधिमार्फत सनाखत गर्ने काम भइरहेको छ । 

शिक्षण अस्पतालमा ७ जनाको भएन सनाखत

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४७ शवमध्ये ३९ जनाको शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ । बाँकी ७ जनाको शव पुरै जलेर कंकाल मात्रै बाँकी रहेकाले परीक्षण गर्न कठिनाइ भइरहेको अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले बताए । 

उनका अनुसार ती ७ जनाको शव पूर्ण रूपमा जलिसकेकाले नमुना लिई डिएनए परीक्षण गर्नुपर्ने हुन्छ । डीएनएमा सही परिणाम आउने सम्भावना एकदमै कम रहेको डा. चौधरी बताउँछन् । के कसरी जाँच गर्ने भन्ने विषय प्रोसेसमै रहेको उनले बताए । 

काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा जलेर मृत्यु भएर परीक्षणका लागि टिचिङमै ल्याइएको १ जनाको शवको भने सनाखत भएको प्रहरीले जनाएको छ । उक्त शव रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइलीको भएको पुष्टि भएको प्रहरीको भनाई छ । 

प्रवक्ता घिमिरेका अनुसार मोबाइलको कल रेकर्ड र लोकेशनका आधारमा उक्त शवको सनाखत गरी परिवारको जिम्मा लगाइएको छ । 

त्यस्तै पाटन अस्पतालमा ल्याईएका २ जनाको पनि शव परीक्षण गरी जिम्मा लगाइएको छ । 

१ सय ५३ घाईते उपचाररत 

आन्दोलनका क्रममा घाइते भएका १ सय ५३ जनाको देशभरका २९ अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सवैभन्दा धेरै ट्रमा सेन्टरमा २९, शिक्षण अस्पताल १७, केएमसी १४, नेपाल प्रहरी अस्पताल १२ लगायत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा गरी ९७र उपत्यका बाहिर ५६ जनाको उपचार भइहरको छ । 

२ हजार ३ सय १६ जना घाइते भएकोमा २ हजार १ जना उपचारपछि घर फर्किसकेका छन् भने ८४ जनालाई विशेषज्ञ सेवाका लागि अन्य अस्पतालमा रेफर गरिएको मन्त्रालयले जनाएको छ । 

आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपुर्ति दिने सरकारले घोषणा गरेको छ । 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ३८ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ