मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य « Khabarhub

मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा कम्तिमा १५ अर्बको क्षति व्यहोरेका व्यवसायी मीनबहादुर गुरुङलाई साथ दिन व्यवसायीहरूको एउटा टोली नक्सालस्थित भाटभटेनी पुगेको छ।

आइतबार इन्टरनेशनल चेम्बर अफ कमर्श नेपालका सदस्यहरूले नक्सालस्थित जेन-जीका नाममा जलाएर ध्वस्त पारिएको भाटभटेनी सुपरस्टोर अवलोकन गर्दै मीनबहादुरलाई साथ दिए ।

चेम्बर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले क्षतिग्रस्त भौतिक संरचना उठाउँदै व्यापार व्यवसाय चलायमान बनाउन एकतावद्ध भएर लाग्नुपर्ने बताएका हुन् ।

‘ बैंक, इन्स्योरेन्स कम्पनी लगायत वित्तीय क्षेत्र हाम्रा सदस्य संस्था हुन्, उनीहरूले क्षतिग्रस्त भौतिक संरचना उठाउँदै व्यापार व्यवसाय तत्काल चलायमान बनाउन सहयोग गर्नुपर्छ’, उनले भने, ‘भाटभटेनी उठाउन पनि हामी सबैले सहयोग गर्न अत्यावश्यक छ । नेपालको बजार, अर्थतन्त्र र रोजगारको क्षेत्रमा यति ठूलो योगदान दिइरहेको संस्थामाथि जेन–जीका नाममा स्वार्थ समूहबाट नियोजित आक्रमण भएको छ, यसलाई खडा गरेर उनीहरूको षड्यन्त्र विफल पार्नुपर्छ।’

उनले थपे हजारौँ नागरिकलाई रोजगारी दिएको भन्दै मीनबहादुरको प्रशंसा गरे । ‘ जर्मनलगायतका विकसित राष्ट्रहरूमा नागरिकलाई रोजगारी दिएको भन्दै सरकार व्यवसायीलाई सम्मान गर्छ, यहाँ भने हजारौँ सर्वसाधरणको घरमा चुल्हो बाल्न सघाएको संस्था ध्वस्त पारिएको छ’, उनले चित्त दुखाउँदै भने ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ०२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको