अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि नेपाल पर्यटन बोर्डले भने अन्तर्राष्ट्रिय स्रोत बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्रता दिएको छ ।

जेन-जी प्रदर्शनपछि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनबारे सकारात्मक प्रचार प्रचारका लागि बोर्डले प्रवर्द्धनका कार्यक्रमलाई अघि बढाएको हो । 

सोही क्रममा बोर्डले जेन-जी प्रदर्शनपछि पहिलो पटक यही असोज २ देखि ४ गतेसम्म बङ्गालदेशको राजधानी ढाकामा आयोजित १२औँ एसियन पर्यटन मेलामा सहभागी भई नेपाल विदेशी पर्यटक स्वागतका लागि पूर्ण रुपमा तयार रहेको सन्देश दिएको छ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले प्रदर्शनका कारण पर्यटन क्षेत्रमा केही क्षति भए पनि ठूलो प्रभाव नपरेको उल्लेख गरे ।

‘प्रदर्शनपछि पर्यटन बजार सामान्य अवस्थामा फर्किएको छ, यो सन्देश हामीले अन्तर्राष्ट्रिय स्रोत बजारमा पुर्‍याउनुछ, सोही क्रममा बङ्गलादेशमा पर्यटन प्रवर्द्धन गरेका हौँ’, उनले भने । 

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटनका अवसरमा नेपालको पर्यटन क्षेत्र विभिन्न चुनौतीबीच पनि छिटो पुनरुत्थान भइरहेको उल्लेख गरे  ।

उनले नेपाल–बङ्गलादेशबीचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउनु पहल भइरहेको दाबी गरे। मेलामार्फत नेपाली कम्पनीहरूले नयाँ अवसरको पहिचान, पुराना सम्बन्धलाई नवीकरण गर्दै प्याकेज तथा सेवाहरू प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा बङ्गलादेशी आगन्तुकहरूले नेपालमा भएको जेन-जी आन्दोलनपछिको अवस्थाबारे जिज्ञासा राखेका थिए । उनीहरूले बङ्गलादेशमा पनि विगत वर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका थिए । 

सन् २०२४ मा नेपालमा करिब ४९ हजार बङ्गलादेशी पर्यटक आएका थिए भने सन् २०२५ को पहिलो आठ महिनामै बङ्गलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको भनाइ छ । भौगोलिक निकटता, समान जीवनशैली र बङ्गलादेशको बढ्दो आर्थिक क्षमताका कारण नेपाल उनीहरूका लागि प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बोर्डको विश्वास छ । 

मुलुकको पर्यटन प्रवर्द्धनका लागि बोर्डसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सरोकारवालाले पनि पर्यटन पुनरुत्थानका लागि सक्रियता देखाएको बोर्डको बुझाइ छ ।

‘आन्तरिक गन्तव्यमा मात्रै नभई अन्तर्राष्ट्रिय पर्यटन स्रोत बजारमा पनि नेपालका पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देशसहित नेपाल भ्रमणका लागि आग्रह गरिएको छ’, सिइओ जोशीले भने । 
      
बोर्डले आफ्नो वेबसाइटमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमण गरिरहेका पर्यटकहरूलाई उनीहरूको अनुभव लाइभ गरेर प्रवर्द्धनात्मक गतिविधिलाई निरन्तरता दिएको छ । बोर्डले पवित्र धार्मिक तीर्थस्थल, साहसिक गन्तव्यलगायतबाट पर्यटकको अनुभवलाई भिडियोमार्फत सार्वजनिक गरिरहेको छ ।

सिइओ जोशीका अनुसार कूटनीतिक नियोग, गैर आवासीय नेपाली सङ्घलगायत माध्यमबाट अन्तर्राष्ट्रिय स्रोत बजारमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।

यसका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा), संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनलगायतसँग पनि सहकार्य गरिएको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : १६ बजे

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका

अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण