सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो | Khabarhub Khabarhub

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका संयोजक सुदन गुरूङले देश नै धरापमा पर्ने डरले संविधान खारेज गरौँ नभनेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेपछि सिंहदरबार पुगेका उनले पत्रकारसँग बोल्दै यस्तो बताएका हुन् । सुदनले जेन-जी आन्दोलनको नेतृत्व, प्रशासनमा निवेदन प्रक्रिया र हालको घटनाक्रमसम्बन्धी भ्रम चिर्ने कोसिस गरे ।

गुरुङले भने, ‘मन्त्रिमण्डल गठन हुँदैछ भनेर आएको हो अरू मलाई थाहा छैन ।’ उनले आन्दोलनमा अहिले घुसपैठ बताउँदै भएको र त्यो स्वीकार्य नभएको उल्लेख गरे । सुदनले आफूहरूको जेन-जीले विरोध गरेको कारणबारे केही थाहा नभएको बताए ।

गुरुङले जेन-जी आन्दोलनका दिन जिल्ला प्रशासन कार्यलयमा बिहानै १० बजे अनुमतिका लागि पत्र दर्ता गराएको बताए । ‘हामीले १० बजे दर्ता गराएको हो, सीडीओ कार्यालयमा। हामीले पत्र दिएको हो। हामीले पत्र दर्ता गराएको आधारमा जस लिनु छैन’, उनी थप्छन्, ‘अरू नौवटा जति निवेदन परेको सुनियो। आन्दोलन जनताको हो, यो कुनै व्यक्ति र संस्थाको होइन।’

उनले जेन-जी आन्दोलनको नेतृत्वबारे नेपाली सेनासँग कुरा भएको पनि खुलाए । सेनाको भूमिका र जेन-जीको नेतृत्वबारे गुरुङले जंगी अड्डामा छलफल भएको बताए।

‘यसको नेतृत्व कसले लिने भनेर सेनाले हामीलाई बोलाएको थियो,’ उनले भने। उनले आक्रमक भाषामा नभई अवस्था बुझेर अगाडि बढ्नुपर्ने बताए । ‘हामीले मन्त्री पद मागेका छैनौँ’, उनले भने, ‘माग्ने भए म नै गृहमन्त्री मागिसक्थेँ ।’

गुरुङले जेन-जीको संरचना सातै प्रदेशमा बनाएको कुरा पनि अस्वीकार गरे । ‘जेन-जीको सातै प्रदेशमा नेतृत्व तोकेको होइन। जेन-जी तितरबितर भएकाले सहजीकरण गर्न सम्पर्क गर्नु भनेको हो। प्रदेशमा छुट्याएको होइन,’ उनले भने।

उनले आफूले घाइतेहरूको अवस्था हेरेर प्रधानमन्त्रीसँग भेटघाट गर्न आएको जानकारी दिए। उनले लिम्पियाधुरा र लिपुलेक गुम्ने डरले संविधान खारेजीको माग नगरेको पनि बताए ।

‘हाम्रो भूमि गुम्ने चिन्ताले संविधान खारेज गरौँ नभनेको हो । त्यहीकारण संविधान खारेज गर्नु भन्ने प्रस्तावनामा पुगेको होइन’, उनले भने, ‘लिम्पियाधुरा हाम्रो हो भएकाले त्यसलाई गुम्न नदिन पनि संविधान खारेजको पक्षमा नलागेका हौँ । अर्कातिर संविधान खारेज भएमा अस्थिरताको फाइदा उठाएर भारतले आक्रमण गर्ने डर पनि थियो । देशको अस्तित्व जोगाउन पनि हामीले संविधान खारेजीको प्रस्तावलाई अघि नबढाएका हौँ ।’

गुरुङले आन्दोलन जनताको भएकाले समस्या समाधानका लागि संवादमै जोड दिनुपर्ने बताए । ‘हामीले जेन-जीको नेता कस-कसलाई मान्ने भन्दा पनि नेपाली सेनासँग वार्ताका लागि को को पुगेका थिए, त्यसकै आधारमा जेन-जीको नेतृत्व लगभग प्रष्ट छ ।’

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : ५९ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना