प्यालेस्टाइनलाई बेलायतले पनि एक राज्यकारूपमा मान्यता दिने « Khabarhub

प्यालेस्टाइनलाई बेलायतले पनि एक राज्यकारूपमा मान्यता दिने


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

लन्डन – गाजा युद्धलाई लिएर इजरायललाई दबाब दिन धेरै राष्ट्रहरू संयुक्त राष्ट्रसङ्घको वार्तामा सहभागी हुन तयार भएका बेला आइतबार बेलायतले प्यालेस्टाइन राज्यलाई मान्यता दिने तयारी गरेको छ।

स्टार्मरका सहायक डेभिड ल्यामीले आइतबार बीबीसीसँग भने, “प्यालेस्टाइन राज्यलाई पूर्ण मान्यता दिइनेछ भन्ने बेलायती सञ्चारमाध्यमको रिपोर्ट सरकारको आधिकारिक धारणा बनिसकेको छैन।”

पोर्चुगलको विदेश मन्त्रालयले एक विज्ञप्तिमा ‘लिस्बनले प्यालेस्टाइन राज्यलाई मान्यता दिनेछ र मान्यताको आधिकारिक घोषणा सेप्टेम्बर २१ अर्थात् आइतबार गरिने उल्लेख छ ।

बेलायत फ्रान्स र अन्य राष्ट्रसँग यो कदम चाल्ने पहिलो जी ७ देश बन्नेछ र यो धेरै हदसम्म प्रतीकात्मक कदम हुनेछ। सोमबार न्यूयोर्कमा सुरु हुने संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभामा बेलायतले अन्य राष्ट्रसरह प्यालेस्टाइनलाई राज्यका रूपमा मान्यता दिने अपेक्षा गरिएको छ।

यो प्यालेस्टाइन राज्यका लागि ऐतिहासिक क्षण हो । शक्तिशाली पश्चिमी राष्ट्रहरूले लामो समयदेखि प्यालेस्टाइनलाई राज्यकोरूपमा मान्यता दिने वा नदिने बिषय इजरायलसँग वार्ता गरिएको शान्ति सम्झौताको हिस्सा मात्र हुनुपर्ने बताउँदै आएका थिए ।

हमासको सन् २०२३ अक्टोबर ७ को अकल्पनीय आक्रमणपछि इजरायलले आफ्नो गाजा आक्रमणलाई तीव्र पारेको थियो। तर पछिल्लो समय गाजामा भएको व्यापक भौतिक संरचनासँगै भएको मानवीय क्षतिका कारण लामो समयदेखि इजरायलको सहयोगी रहेका मुलुकको प्यालेस्टाइनप्रतिको बढ्दो समर्थन सङ्ख्याले स्थितिलाई परिवर्तन गरेको छ ।

घेराबन्दीमा परेको प्यालेस्टाइन क्षेत्रमा ठूलो विनाश, बढ्दो मृत्यु र खाद्यान्नको अभावले ठूलो मानवीय सङ्कट निम्त्याएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : ३० बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका