निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास | Khabarhub Khabarhub

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

विशेष महाधिवेशनमा टिके प्रथा अन्त्य हुनुपर्ने प्रस्ताव


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १ घण्टाभन्दा लामो ब्रिफिङ गरे । उक्त ब्रिफिङका क्रममा प्रचण्डले विशेष महाधिवेशनपछि पार्टी नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताए। थ

प्रचण्डले विशेष महाधिवेशनपछि आफूलाई नेतृत्वमा रहन कुनै पनि इच्छा नरहेको कारण आफूले अक लोभ नगर्ने आश्वासन समेत नेेताहरूलाई दिए।

‘बैठकमा अध्यक्षज्यूले मङ्सिरमा विशेष महाधिवेशन गर्नुपर्छ भन्ने प्रस्ताव राख्नुभयो। हामी सबैले बोलेका थियौं’, बैठकपछि खबरहबसँग कुरा गर्दै पार्टी सचिव देवेन्द्र पौडेलले भने, ‘उहाँले नेतृत्वको लोभ गर्नुभएको छैन विशेष महाधिवेशन पछाडि म नेतृत्व हस्तान्तरण गर्न तयार छु भन्नुभएको छ।’

महाधिवेशनमा प्रतिस्पर्धाबारे मौनता

विशेष महाधिवेशनबाट फेरि नेतृत्वका लिन आफूले प्रतिस्पर्धा गर्ने विषयमा प्रचण्ड आज मौन रहे ।

‘अध्यक्षज्यूले म पनि फेरि विशेष महाधिवेशनमा उठ्छु भन्नुभएको छैन । आवश्यक परे नेतृत्व हस्तान्तरण गर्न तयार छु भन्नुभएको छ,’ बैठकमा सहभागी अर्का पदाधिकारीले खबरहबलाई भने, ‘उहाँ अलिक गलेको र निराश जस्तो देखिनुभएको थियो। उहाँले देशमा यस्तो अवस्था आउला भनेर मैले कहिले नसोचेको बताउनु भयो ।’

बैठकमा गत भदौ २३ र २४ गते भएको जेनए-जीन आन्दोलनमा हताहती र विध्वंसका घटनाहरूप्रति सबैले दुःखसमेत व्यक्त गरेका थिए।

५० प्रतिशत युवा सहभागिता

बैठकमा ५० प्रतिशत युवा सहभागिता गराउनुपर्ने विषयमा पार्टी पदाधिकारीहरूले मत राखेका थिए। अधिकांश पदाधिकारीले बोल्ने क्रममा ५० प्रतिशत युवा सहभागिताको विषयमा सकारात्मक धारणा राखेको एक नेताले बताएका छन् ।

बैठकमा उपस्थित एक नेताका अनुसार केही उपाध्यक्षहरूले भने ५० प्रतिशत युवा सहभागिता गराउने विषयमा फरक मत राखेका थिए। यसबारे पनि आगामी केन्द्रीय कमिटी बैठकमा छलफल हुने भन्दै प्रस्ताव मात्रै अगाडि आएको थियो।

पार्टी उपमहासचिव जनार्दन शर्मा र नेता हरिबल गजुरेलले ५० प्रतिशत युवा सहभागिताको विषयमा विशेष जोड दिएका छन् ।

प्रचण्डले तत्काल नछाड्ने

बैठकमा केही नेताहरूले विशेष महाधिवेशनसम्म प्रचण्डले कार्यवाहक अध्यक्ष कसैलाई दिनुपर्ने मतसमेत राखे । तर त्यसमा प्रचण्डले विमति जनाउँदै विशेष महाधिवेशन पछाडि नेतृत्व पुस्तान्तरणका लागि आफू तयार रहेको भनेपछि थप छलफल भएन।

यो प्रस्ताव आएपछि प्रचण्डले बरु चाँडोभन्दा चाँडो विशेष महाधिवेशन गर्ने तर कार्यवाहक दिन तयार नरहेको स्पष्ट पारेका थिए।

‘जे गर्छ महाधिवेशनको म्यान्डेटले गर्छ, अहिले कार्यवाहकतिर नजाउँ । कार्यवाहक दिएर पार्टीमा कुनै ऊर्जा आउँदैन । बरु चाँडोभन्दा चाँडो महाधिवेशनतिरै लागौँ,’ प्रचण्डले भनेका थिए, ‘मैले पटकपटक भन्दै आएको छु, म कुनै लोभ र लालचमा छैन। पार्टी रूपान्तरणको पक्षमै छु।’

माओवादी चुप लाग्दा जेन-जी आए

बैठकमा नेता हरिबल गजुरेल र उपमहासचिव शर्मा लगायतले माओवादीले मुद्दा छाड्दा जेन-जीजेहरू सडकमा आएको कुरा राखेका थिए। उनीहरूले जनताको मुद्दामा माओवादी चुकेको भन्दै पार्टीका एजेण्डा नै जेनजीले सडकमा ल्याएको बताए।

माओवादी प्रतिपक्षीमा हुँदा भूमिकामा कमजोर भएका कारण जेएनजी सडकमा आउनुपरेको बताउँदै नेताहरूले माओवादी एजेन्डा भुलेर सत्ता स्वार्थमा लाग्न नहुने तर्क गरे।

प्रतिनिधिसभा विगठनमा अनेक मत

बैठकमा प्रतिनिधिसभा विगठन विषयमा नेताहरूले फरकफरक मत राखेका थिए। केही नेताले तत्कालीन अवस्थामा राष्ट्रपतिले प्रतिनिधिसभा विगठन गरेर सही कदम चालेको बताएका थिए भने केहीले यसले गलत सन्देश दिएको उल्लेख गरेका थिए।

बैठकमा प्रचण्डले पनि प्रतिनिधिसभा विगठन नकारात्मक कदम भएको बताए। यसमा पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि पूर्व न्यायाधीश सुशीला कार्की जस्तो व्यक्तिले कानुनलाई नै मारेर नेतृत्वमा गएको प्रति असन्तुष्टि जनाएका थिए।

विशेष महाधिवेशनबाट टीके प्रथा हटाउन दबाब

बैठकमा विशेष महाधिवेशनमा टीका लगाएर नेतृत्व चुन्ने प्रथा अन्त्य हुनुपर्ने मत पदाधिकारीहरूले राखेका थिए। सबै केन्द्रीय सदस्यलाई खुल्ला रूपमा आफ्नो नेतृत्व चुन्नका लागि र आफू नेतृत्वमा जानका लागि ठाउँ दिनुपर्ने भन्दै सर्वसम्मति भन्दा चुनावै गरेर जानुपर्ने नेताहरूको तर्क थियो।

यसमा प्रचण्डले पनि विमति नराखेको बताइन्छ। उनले निर्वाचनमा सबैलाई खुल्ला रूपमा प्रतिस्पर्धा गर्न दिने वातावरण निर्माण गर्ने बताएका थिए।यी सबै विषयमा आगामी केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताइएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : ४९ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता