गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा « Khabarhub

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा



काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको चौथो दिन मनाइन्छ। हरेकको आफ्नै धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व छ। यी पर्वले नेपाली समाजमा प्रकृति, जनावर, मानव र देवी-देवतासँगको सम्बन्धलाई सम्मान गर्ने र जीवनमा समृद्धि, सुरक्षा र खुशीयालीको कामना गर्ने परम्परालाई प्रकट गर्छन्।

गोवर्धन पूजा भगवान कृष्णसँग सम्बन्धित छ। पुरानो कथाअनुसार, गोकुलमा बसोबास गर्ने मानिस र गाईवस्तुहरूलाई वर्षादेखि बचाउन कृष्णले गोवर्धन पर्वत उठाएर उनीहरूलाई तेज वर्षाबाट सुरक्षा गर्नुभएको थियो। त्यस दिन मानिसले घर वरिपरि वा आँगनमा गोवर्धन पर्वतको सानो मूर्ति बनाएर दूध, दही, घिउ, फूल र अन्य सामग्री चढाउँछन्। यसरी पूजा गर्दा समृद्धि, बालिको सुरक्षा र वातावरणीय मैत्री कायम रहोस् भन्ने विश्वास जनाइन्छ।

त्यस्तै, यसै दिनमा मनाइने गोरू तिहारमा खेतमा मुख्य सहयोग गर्ने गोरू वा बैललाई विशेष सम्मान गरिन्छ। पुरानो परम्पराअनुसार, गोरूको सहयोग बिना किसानले राम्रो खेती गर्न सक्दैनथे। यसै विश्वासलाई मनन गर्दै, गोरू तिहारमा गोरू र बैललाई माला लगाइन्छ, टीका लगाइन्छ र मिठा खानेकुरा चढाइन्छ। यसले किसानको श्रमको कदर प्रकट गर्ने मात्र नभई, खेतपातीको उत्पादन र जीवनयापनको समृद्धि सुनिश्चित गर्ने विश्वासलाई पनि बलियो बनाउँछ।

नेपाली समाजमा गोरू तिहारले काम गर्ने जनावरप्रतिको कृतज्ञता र आदरको भाव झल्काउँछ। जसले परम्परागत कृषक जीवन र पशुपालनसँगको गहिरो सम्बन्धलाई स्मरण गराउँछ।

अन्ततः, यसै दिन म्ह पूजा पनि गरिन्छ। यो पूजा विशेष गरी नेवार समुदायका मानिसहरूले मानाउछन्। नेवार समुदायमा “म्ह” भन्नाले आफ्नो शरीर र आत्मालाई जनाउँछ। यस दिन नेवार समुदायका मानिसले आफ्नो स्वास्थ्य, शक्ति र आत्मिक शुद्धिको कामना गर्छन्। यस दिन एकले अर्कालाई टीका लगाउने, दीप बालेर पूजा गर्ने र परिवारका सदस्य बाट आशीर्वाद साटासाट गर्छन्। यसै दिन लिच्छवी कालदेखि नै चलिआएको भिन्तुना र्याली निकालिन्छ। यो र्याली नेवार समुदायले मनाउने एक सांस्कृतिक र ऐतिहासिक महत्त्व भएको कार्यक्रम हो। यो र्याली मुख्य रूपमा नेपाल संवतको नयाँ वर्षको अवसरमा आयोजना गरिन्छ।

फाइल तस्बिर

भिन्तुना र्यालीको माध्यमबाट नेवार समुदायले आफ्नो परम्परा, संगीत, नृत्य र सांस्कृतिक पहिचानलाई उजागर गर्छ। सहभागीले हाकु पटासी (परम्परागत पोशाक) लगाएर विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्छन्, जसले केवल नयाँ वर्षको स्वागत मात्र होइन, समाजमा आपसी सम्मान र पहिचानको महत्त्वलाई पनि स्मरण गराउँछ।

यी तीनै पर्वहरू केवल धार्मिक अनुष्ठान नभएर नेपाली सांस्कृतिक जीवनको अभिन्न हिस्सा हुन्। गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजाले प्रकृति, जनावर र मानवबीचको सह९अस्तित्वको महत्त्व दर्शाउँछन्। यस दिन घर, आँगन र समाजमा उज्यालो र सौहार्द फैलिन्छ, परिवार र समुदायमा सुमधुर सम्बन्ध स्थापित हुन्छ, र जीवनमा समृद्धि, स्वास्थ्य, सुरक्षा र खुशीयालीको कामना पुरा हुन्छ। यसरी तिहारको चौथो दिनको यी पर्वहरूले नेपाली जीवनमा धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले गहिरो प्रभाव पार्ने परम्परागत मूल्य झल्काउँछन्।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : ४१ बजे

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक