अर्थसंक्षप : प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, अरूको पनि काट्ने तयारी, चालु आवको तीन महिनामा बागमतीको खर्च ६.१९ प्रतिशत र राहुघाटमा दुई जलविद्युत् बन्ने « Khabarhub

अर्थसंक्षप : प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, अरूको पनि काट्ने तयारी, चालु आवको तीन महिनामा बागमतीको खर्च ६.१९ प्रतिशत र राहुघाटमा दुई जलविद्युत् बन्ने


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशत मात्र खर्च गरेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल बजेटको छ दशमलव १९ प्रतिशत अर्थात् चार अर्ब १७ करोड ९१ लाख २६ हजार रुपैयाँ बजेट खर्च भएको छ ।

चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट ल्याएकामा साउनदेखि असोजसम्ममा चार अर्ब १७ करोड ९१ लाख २६ हजार रुपैयाँ बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ ।

विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपद्मा मिलेको सफलता

जेन-जी आन्दोलनका क्रममा भाटभटेनीमा जलेका १२ जनाको अझै पहिचान हुन सकेन

बिजुली काटिएका उद्योगी भन्छन् – प्रमाण नै नभएको बिलको भुक्तानी किन गर्ने ?

डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत बिजुली उपभोग गरेबापत अतिरिक्त महसुल भुक्तानी नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएकोमा उद्योगीले विरोध जनाएका छन् ।

पीडित तथा प्रताडित उद्योग समूह (नेपाल) को नाममा विज्ञप्ति जारी गर्दै उद्योगीहरूले प्रमाण नभएको अवस्थामा किन भुक्तानी गर्ने भनेर प्रश्न गरेका छन् । साथै, उनीहरूले मंगलबार आज नेपाल विद्युत प्राधिकरणद्वारा माग गरिएको विवादित डेडिकेटेड र ट्रंक लाइन महसुलको किस्ता बुझाउन अस्वीकार गर्ने कठोर निर्णय सार्वजनिक गरेका छन् ।

उद्योगीहरूले सो अडान कानुनी शासन र राष्ट्रिय अर्थतन्त्रको स्थिरताको पक्षमा लिइएको बताउँदै वैध शुल्क तिर्नबाट पन्छिनका लागि नभएको समेत बताएका छन् ।

विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी

सयपत्री फूल बिक्री भएपछि किसान खुसी

तिहारमा झिनियाँको माग उच्च

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ।

रघुगङ्गा गाउँपालिका-४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ। ‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको तुँदी पावरका कम्पनीका व्यवस्थापक पुष्प डाँगीले जानकारी दिए।

“तुँदी पावरले प्रवर्द्धन गरेको ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको ‘क्यासकेड’का रूपमा ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्”, उनले भने, “चिमखोला–राहुघाट–मङ्गलेले गत साउन २० गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो भने अपर राहुघाट व्यापारिक उत्पादनको चरणमा छ।”

चार वर्षको अवधिमा निर्माण भएका आयोजना पानीको उपलब्ध स्रोतअनुसार पूर्ण क्षमतामा सञ्चालन गर्नसक्ने अवस्था रहेको व्यवस्थापक डाँगीले बताए। उनका अनुसार दुईवटै आयोजनाको अनुमानित लागत १३ अर्ब हो।

भुल्केका १०७ घरमा विद्युत् जडान

विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी, ६ लाख बराबरको क्षति

इलामका बाढी प्रभावितलाई पाकिस्तानी दूतावासको सहयोग

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः५० बजे देशभरको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट पुगेको हो।

गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार ६०२ मेगावाट पुगेको थियो। यस वर्षको माग गत वर्षको तुलनामा ४८ मेगावाटले बढेको प्राधिकरणले जनाएको छ।

मादल बिक्री नभएपछि व्यवसायी निराश

सयपत्री फूलको माग धान्न धौ–धौ

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ७ : २४ बजे

सिमरा घटनाबारे गृहले भन्यो : अवस्था सामान्य हुँदैछ, दलहरूले कार्यक्रम गर्दा प्रशासनलाई जानकारी दिनू

काठमाडौं – बारा जिल्लाको सिमरा क्षेत्रमा बुधबार उत्पन्न तनावपूर्ण घटनाबारे

‘समयमै सडक निर्माण नभएका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा छौँ’

काठमाडौं- ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको

एनपीएल हेरेर घर फर्किने दर्शकलाई निःशुल्क बस सेवा

काठमाडौं– एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)

सुरूमै धर्मरायो काठमाडौं, ४० रन नजोड्दै गुमायो तीन विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिमविरुद्ध काठमाडौं गुर्खाजको