कांग्रेस नेता महतले भने: शान्ति सुरक्षा कायम रहे निर्वाचनमा सहभागी हुन्छौं « Khabarhub

कांग्रेस नेता महतले भने: शान्ति सुरक्षा कायम रहे निर्वाचनमा सहभागी हुन्छौं


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले सरकारले भयरहित तरिकाले निर्वाचन गराए आफू संलग्न रहने प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको बताएका छन्।

प्रधानमन्त्री कार्कीले आज पहिलोपटक गरेको १० दलहरूसँगको संवादमा सबै दलहरूले सरकारले भयरहित र शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउनुपर्ने माग गरेका थिए।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महतले सबै दलहरूले भयरहित अवस्थामा सरकारले निर्वाचन गराउने वातावरण सिर्जना गराउनका लागि दबाब दिएको जानकारी दिए।

‘सरकारले शान्तिपूर्ण तरिकाले भयरहित अवस्थामा निर्वाचन गराउन सके हामी संलग्न हुन्छौं भनेका छौं’ महतले अगाडि भने, ‘अहिले नागरिक र राजनीतिक दलहरू पनि त्रासमा छन् यो त्रासको वातावरण सरकारले चिरेर अगाडि बढ्नुपर्छ।’

महतका अनुसार बैठकमा बोल्ने अधिकांश वक्ताले पनि शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराएमात्रै निर्वाचन समयमा सम्पन्न गर्न सकिने धारणा राखेको जानकारी दिए। महतका अनुसार प्रधानमन्त्रीले पनि आफूले शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन थप छलफल गर्दै जाने बताएको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : ०७ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश