एमालेले प्रधानमन्त्रीलाई सोध्यो-गौरीबहादुर कार्कीलाई हटाउने कि नहटाउने? | Khabarhub Khabarhub

एमालेले प्रधानमन्त्रीलाई सोध्यो-गौरीबहादुर कार्कीलाई हटाउने कि नहटाउने?


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछि सरकारले छानबिन गर्न बनाएको आयोगका संयोजक गौरीबहादुर कार्कीको भूमिकामाथि आशंका व्यक्त गरेको छ।

मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आसन्न निर्वाचनका विषयमा दलका प्रतिनिधिसँग गरेको संवादमा बोल्नेक्रममा एमाले महासचिव शंकर पोखरेलले कार्कीमाथि प्रश्न उठाएका हुन्।

उनले पूर्वन्यायाधीशसमेत रहेका कार्कीलाई आयोगबाट सरकारले हटाउने कि नहटाउने भनेर प्रश्न गरे।

‘भदौ २३ र २४ गतेको छानबिन गर्न भन्दै सरकारले आयोग बनाएको छ,’ उनले प्रधानमन्त्रीसँग भने, ‘तर, छानबिन समितिको व्यक्ति विवादास्पद हुनुहुन्छ। यस्तो भइसकेपछि कि उहाँ आफैँ हट्नुपर्छ, कि सरकारले हटाउनुपर्छ। हटाउने कि नहटाउने जानकारी दिनुहोला।’

उनले आगामी निर्वाचनमा भाग लिने नलिने विषयमा केही बताएनन्। पोखरेलले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक निरुपणको विषय बनिसकेकाले यसबारे अदालतले दिने आदेशले नै नयाँ मार्ग तय हुने बताए।

त्यस्तै उनले जेनजी आन्दोलनको क्रममा प्रहरीको भूमिका शंकास्पद देखिएको पनि बताए। उनले भने, ‘भदौ २३ गते भएको आन्दोलनमा प्रहरीको भूमिका आशंका गर्ने खालको देखियो। १२–१५ हजारको भीड पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको हो नेपाल प्रहरी?’

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : ५० बजे

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका