जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव « Khabarhub

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ प्रस्ताव गरेकी छिन्। मंगलबार बालुवाटारमा भएको दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रस्ताव गरेकी हुन्।

दलहरूले राखेको चुनावीको चासोपछि प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रपतिबाट संवादको ढोका खोल्ने काम भएको छ‚ अब जेन-जी र दलहरू सँगै बसौँ।’

प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन तयार रहेको बताइन्। ‘चुनाव गराउन सरकार कटिबद्ध छ’‚ उनले भनिन्, ‘ यसैका लागि अहोरात्र खटिएर मन्त्रीहरू, सुरक्षानिकायलगायत हामी काम गरिरहेका छौँ।’

यस्तै प्रधानमन्त्री कार्कीसँग दलहरूले संवादमा ढिलाइ किन भन्ने प्रश्न गरेका थिए भने जवाफमा प्रधानमन्त्रीले जेन-जी घाइतेहरूको उपचार र शहीदका शव व्यवस्थापन तथा परिवारका लागि राहत जुटाउँदा समय लागेको बताइन्।

‘यसबीचमा घाइतेहरूको उपचार, शहीदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो,’ उनले भनिन्, ‘त्यसमा समय लाग्यो। सुरुवाती अवस्थामा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्न नै चाहनुभएको थिएन।’

उनले चुनाव सफल बनाउन र दलहरूको चासो सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पारिन्। ‘ जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ। चुनाव सफल बनाउन सबैले आ-आफ्नो तर्फबाट भूमिका खेलौँ,’ उनले भनिन्, ‘ सरकार यहाँहरूका चिन्ता र चासो सम्बोधन गर्न तयार छ।’

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १० : ११ बजे

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ