अर्थसंक्षेप : २६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, तातोपानी गाउँपालिकाद्वारा पुँजीगत खर्चमा जोड र पर्यटन प्रवर्द्धनमा पालिकाको पहल « Khabarhub

अर्थसंक्षेप : २६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, तातोपानी गाउँपालिकाद्वारा पुँजीगत खर्चमा जोड र पर्यटन प्रवर्द्धनमा पालिकाको पहल


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको छ । आज नेप्सेमा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २५९५.१० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा सेयर कारोबार भएका मध्ये २०७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४३ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । आज ७ वटा कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।

आज नेप्सेमा एसवाई प्यानलको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सिन्धु विकास बैंकको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से घट्दा म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

तातोपानी गाउँपालिकामा हालसम्म सात करोड २४ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ५९ लाख ८२ हजार रुपैयाँको बजेट विनियोजन भएकामा अहिलेसम्म करिब सात करोड २५ लाख रुपैयाँ मात्र खर्च भएको पालिकाले जनाएको छ ।

सो गाउँपालिकाको १७औँ हिउँदे अधिवेशनका अवसरमा अध्यक्ष नन्दप्रसाद चौलागाईंले प्रक्रियागत झन्झटका कारण पुँजीगततर्फ जम्मा पाँच लाख रुपैयाँ मात्र खर्च भएको जानकारी दिँदै प्रस्तावित योजना तथा कार्यक्रम सञ्चालन भइरहेकाले विकास खर्चतर्फ उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरे ।

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग-तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३÷७४ देखि योजना सुरु भएको थियो ।

शर्मा-गजुरमुखी जेभीले ‘भेरियसन अर्डर’सहित रु ६३ करोडमा ठेक्का लिएको तातोपानी-घाँसा खण्डको १६ किलोमिटर ५०० मिटर सडकमध्ये पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटरबाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको हो।

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धान उत्पादन घट्यो

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : ४७ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने