अर्थसंक्षेप :सात बैंकका सीईओलाई राष्ट्र बैंकले गरायो सचेत, नेप्से ५२ अंकले बढ्यो « Khabarhub

अर्थसंक्षेप :सात बैंकका सीईओलाई राष्ट्र बैंकले गरायो सचेत, नेप्से ५२ अंकले बढ्यो


९ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५२.२६ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले ७ वटा विकास बैंकका सिईओलाई सचेत गराएको छ ।

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिले निर्देशन दिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै जारी गरेको अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताएका छन् ।

आजका आर्थिक समाचार :

सात बैंकका सीईओलाई राष्ट्र बैंकले गरायो सचेत

नेपाल राष्ट्र बैंकले सातवटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अन्तर्गत ७ वटा विकास बैंकका सीईओलाई सचेत गराएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

लुम्बिनी, महालक्ष्मी, कामना, मुक्तिनाथ, सालपा, गरिमा र सप्तकोसी विकास बैंकलाई सचेत गराइएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो । पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको प्रवाह दुरुपयोग भएको सन्दर्भमा सचेत गराइएको नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले उल्लेख गरेको छ ।

नेप्से ५२ अंकले बढ्दा अन्य समूहमा उछाल

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । आज एकै दिन नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा उछाल आउँदा कारोबार पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयर कारोबार भएको छ ।

आज नेप्से २ प्रतिशतले बढ्दा १९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ ।

धनगढी उप-महानगरद्वारा १७ करोड राजस्व संकलन

कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ राजस्व संकलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरेको हो ।

सो अवधिमा सम्पत्ति करबाट रु एक करोड ९२ लाख ६७ हजार, भूमिकर-मालपोतबाट एक करोड २३ लाख ६८ हजार, बहालकरबाट तीन करोड ५२ लाख ८३ हजार, अन्य राजस्वबाट रु तीन करोड ५२ लाख १२ हजार, व्यवसाय करबाट दुई करोड ७९ लाख ७९ हजार र नक्सापास दस्तुरबाट एक करोड ६५ लाख ४८ हजार राजस्व संकलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए।

सुदूरपश्चिमका ६ वटा पालिका अझै केन्द्रीय सडक पहुँचभन्दा बाहिर

६ महिनामा सवा ३४ करोडको लिपिस्टिक आयात

चालु आर्थिक वर्ष (आव)को ६ महिनामा नेपालमा ३४ करोड बढीको लिपिस्टक आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवको ६ महिना अवधिमा नेपालमा ३४ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको लिपिस्टिक आयात भएको हो ।

त्यस्तै सोही अवधिमा ३ करोड ११ लाख ८४ हजार रुपैयाँको नङपालिस, १३ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको आँखाको मेकअप सामग्री र २१ करोड ७३ लाख १३ हजार रुपैयाँको पर्फ्युम तथा ट्वाइलेट वाटर आयात भएको छ ।

सोही अवधिमा अनुहारमा लगाउने क्रिम ६६ करोड १९ लाख ३६ हजार, ३८ करोड ५० लाख २५ हजार र ६५ करोड २१ लाख ९५ हजार रुपैयाँ बराबरको स्याम्फू आयात भएको भएको छ ।

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

लेखा समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भने, ‘सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत बढेको तथा यस्तो मूल्यवृद्धि अस्वाभाविक देखिएकाले सम्बन्धित मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ । के कति कारणले मूल्य बढेको हो भनेर अध्ययन विश्लेषण गरी सात दिनभित्र पेस गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ ।’

‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै जारी गरेको अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताएका छन् ।

बेनीमा मङ्गलबार आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनले निजी क्षेत्र उत्साही भएको बताए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ६ : ०८ बजे

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण