इरानी संसदीय अध्यक्ष नसरल्लाहको अन्त्येष्टिमा सहभागी हुने « Khabarhub

इरानी संसदीय अध्यक्ष नसरल्लाहको अन्त्येष्टिमा सहभागी हुने


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानका संसदीय अध्यक्ष मोहम्मद बाघेर गालिबफ हिजबुल्लाहका लामो समयदेखिका प्रमुख हसन नसरल्लाहको अन्त्येष्टिमा आइतबार लेबनान जाने भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

बेरुतमा इरान समर्थित समूहका नेताको बिदाइमा दशौँ हजार मानिस उपस्थित हुने अपेक्षा गरिएको छ । गत वर्ष सेप्टेम्बर २७ मा नसरल्लाहको समूह र इजरायलबीच करिब एक वर्षको न्यून–स्तरको द्वन्द्वपछि पूर्ण युद्धको सुरुआतमा इजरायली हवाई आक्रमणमा उनी मारिएका थिए ।

हिजबुल्लाहको दक्षिणी बेरुतको गढमा भएको ठूलो हवाई आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सका वरिष्ठ कमान्डर अब्बास निलफोरोसनको पनि मृत्यु भएको थियो ।

हिजबुल्लाह इरानको ‘प्रतिरोध धुरी’ को अंश हो र इजरायलको विरोधमा एकजुट भएका शक्तिहरूको लचिलो गठबन्धन हो ।

सन् २०२३ अक्टोबरमा गाजा युद्धका क्रममा हिजबुल्लाहले आफ्नो साथी धुरी सदस्य हमाससँग ऐक्यबद्धता जनाउँदै इजरायलमाथि रकेट प्रहार गर्न थालेको थियो ।

ती आदान–प्रदानहरू गत वर्ष नोभेम्बरमा युद्धविराम लागू हुनुअघि दुई महिनाभन्दा बढी पूर्ण–स्तरको युद्धमा परिणत भएका थिए । संसद सदस्य अलीरेजा सलिमीले शनिबार सरकारी समाचार संस्था आइआरएनएलाई बताए अनुसार गालिबफ केही सांसदहरू र राज्यका अधिकारीहरूसहित आइतबार नसरल्लाहको अन्त्येष्टिमा सहभागी हुन लेबनान जानेछन् ।

शुक्रबार साँझ फार्स समाचार एजेन्सीले विदेशमन्त्री अब्बास अराघची पनि समारोहमा सहभागी हुने जानकारी दिएको थियो ।

नसरल्लाहले तीन दशकभन्दा बढी हिजबुल्लाहको नेतृत्व गरेका थिए र मध्यपूर्व राजनीतिका एक प्रमुख व्यक्ति थिए । उनको हत्याको बदलामा इरानले अक्टोबरमा इजरायलमाथि करिब दुई सय वटा मिसाइल प्रहार गरेको थियो ।

जवाफमा इजरायलले इरानका केही सैन्य ठाउँमा आक्रमण गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ५ : ५२ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल