सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ : नारायणकाजी श्रेष्ठ « Khabarhub

सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ : नारायणकाजी श्रेष्ठ


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागलुङ – पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई सुदृढ बनाउन जरूरी रहेको बताएका छन् ।

बागलुङ नगरपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले सङ्घीयताविरुद्ध विभिन्न गतिविधि भइरहेका भन्दै तिनलाई परास्त गर्न थप सुदृढीकरणका काम गर्न आवश्यक रहेको बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनताको नजिक रहेको स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । संविधानले स्थानीय तहलाई बलियो बनाउने व्यवस्था गरेको भन्दै उनले जनताका आधारभूत आवश्यक पूरा गर्न गम्भीर भएर लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “सङ्घीय व्यवस्थालाई थप सबल र सरल बनाउनुपर्छ । तीनै तहका सरकारलाई बलियो र मजबुत बनायौँ भने मात्रै नागरिकले सङ्घीयताको अनुभूति गर्न सक्छन् । यसमा केन्द्र सरकारले आवश्यक सहयोग र सहजीकरढा गर्नुपर्छ । स्थानीय तहलाई थप बलियो बनाउन समानुपाति ढङ्गले बजेट व्यवस्थापन तथा वितरणमा ध्यान दिनुपर्छ ।”

सरकारले सङ्घीयताको आभास हुने गरी सेवा प्रवाहलाई प्रभावकारी गराउनु पर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : १३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण