अर्थसंक्षेप : बजेटको तयारी चल्दै, तीन करोडको दाँत कोट्याउने सिन्का अनि दुई करोडको कन्डम आयात र गभर्नका चुनौती धेरै | Khabarhub Khabarhub

अर्थसंक्षेप : बजेटको तयारी चल्दै, तीन करोडको दाँत कोट्याउने सिन्का अनि दुई करोडको कन्डम आयात र गभर्नका चुनौती धेरै


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरूबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा व्यस्त भएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरूलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टिम बजेट निर्माणमा केन्द्रित छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालयहरू, विभागहरू, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गरेको थियो ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग परामर्श गरेका थिए । अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरूसँग समेत परामर्श गरेको थियो ।

२८ वटा भन्सार नाकामध्ये वीरगञ्जबाट मात्रै ३४ प्रतिशत आयात, १० वटा भन्सारबाट शुन्य निर्यात

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् ।

‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ’, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

खैरो सूचीभित्र गभर्नर पौडेलका बग्रेल्ती चुनौती

मेची भन्सारबाट दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

हितेन्द्रले भने- लोडसेडिङको हल्लामा कुनै सत्यता छैन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजित बढी विद्युत् उपभोग गरी समयमा महसुल दाखिला गर्ने उद्योगी व्यवसायीको सम्मान कार्यक्रम कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन् ।

विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने उनले बताए । उनले मुलुकमा अहिले विद्युत् अभावको समस्या नरहेको भन्दै अहिले भइरहेको ट्रिपिङको समस्यालाई चाडै नै समाधान गरिने धारणा राखे ।

शाक्यले विद्युत् आपूर्तिको स्थितिमा वर्षेनी सुधार भइरहेको बताउँदै विश्वसनीय विद्युत् आपूर्ति प्राधिकरणको प्रमुख ध्येय रहेको जानकारी दिए ।

साताको अन्तिम कारोबार दिन बढ्यो नेप्से

१० महिनामा साढे दुई करोड बढी कन्डम आयात

१० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

खर्च क्षमता १५ खर्ब, बजेट माग २५ खर्ब, के गर्लान् अर्थमन्त्री ?
गत आर्थिक वर्ष २०८०/८१ का लागि तत्कालीन सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट घोषणा गरे ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि नयाँ बजेट घोषणा गरेका विभागीय मन्त्री महतले ‘स्रोत र साधनको प्रभावकारी एवम्‌ परिणाममुखी परिचालन गर्ने दिशामा बजेट उन्मुख रहेको’ दाबी गरेका थिए ।

यस्तो दाबी गरेको सात महिना नपुग्दै २०८० माघ २९ गते डा. महत आफैँले ल्याएको बजेट अनुमान दुई खर्ब २१ अर्ब चार करोडले घटाउँदै १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा झारे ।

राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको, वैदेशिक सहायता अपेक्षित प्राप्त नभएको र सञ्चित कोष समेत ऋणात्मक रहेका कारण बजेटलाई उपयुक्त आकार (राइटसाइजिङ) गर्नुपरेको तर्क डा. महतको थियो ।

बजेटमा जनतालाई करको भार नपार्न आग्रह

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : १४ बजे

तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता

दश करोड बढीका भन्सार छलीका सामान बरामद

झापा – झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको

दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला परे

दाङ – दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश

पोखरा – जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ