विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू) « Khabarhub

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)



काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको नेपाल विद्युत प्राधिकरण यतिखेर अर्को काममा कारण आलोचित भइरहेको छ ।

तीन वर्षअघि नै सम्पन्न गर्नुपर्ने भूमिगत तार व्यवस्थापनको काम अलपत्र पारेको प्राधिकरणले काठमाडौँका सडकपेटीमै खाडल खनेर आम नागरिकलाई धराप थापेको छ ।

एसियाली विकास बैङ्क (एडीबी) बाट १५० मिलियन अमेरिकी डलर (झण्डै १४ अर्ब रुपैयाँ) ऋण लिएर २०७६ फागुन २ गतेदेखि थालिएको तार भूमिगत गर्ने काम अलपत्र पार्दा सङ्घीय राजधानी काठमाडौँकै सडक जोखिमयुक्त बनेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले काठमाडौं उपत्यकाको सौन्दर्यीकरण र सुरक्षा सुधारका लागि भूमिगत विद्युत प्रणाली घोषणा गरेका थिए ।

यो योजनाअन्तर्गत प्राधिकरणले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरको कार्यान्वयन क्षेत्रमा ओभरहेड तार हटाउने , विद्युत आपूर्ति सुरक्षित र भरपर्दो बनाउने , स्मार्ट मिटर, स्मार्ट ग्रीड प्रणालीमा रूपान्तरण र एकै आउँबाट विद्युत तथा इन्टरनेटका तार भूमिगत गर्ने लक्ष्य राखेको छ । यसैगरी सीसीटीभी र ट्राफिक बत्ती आदिका लागि मल्टी युटिलिटी डक्ट पनि बनाइरहेको छ ।

केही क्षेत्रमा यो योजना सम्पन्न भइसकेको छ । तर बाँकी स्थानमा कतै काम जारी छ त कतै अलपत्र ! नयाँ बानेश्वरदेखि शान्तिनगरसम्म सडक र पेटी नै धरापयुक्त बनाएर काम अलपत्र छाडेको देखिन्छ । प्राधिकरणले भूमिगत गर्न ल्याएका सामग्रीहरू थुपार्दा र ठाउँठाउँमा बनाइएको खाडल नपुर्दा सर्वसाधारणलाई आवतजावतमै सकस परिरहेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले नै यो परियोजना रोक्न खोज्दा काम अलपत्र परेको खबर बाहिरिएका छन्‌ । शाक्यले बत्ती गइरहने समस्या देखाउँदै भूमिगत गरिएको तार चार्ज गर्नै नदिएको प्राधिकरणका कर्मचारीहरूले बताएका छन्‌ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ३० बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै