विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू) « Khabarhub

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)



काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको नेपाल विद्युत प्राधिकरण यतिखेर अर्को काममा कारण आलोचित भइरहेको छ ।

तीन वर्षअघि नै सम्पन्न गर्नुपर्ने भूमिगत तार व्यवस्थापनको काम अलपत्र पारेको प्राधिकरणले काठमाडौँका सडकपेटीमै खाडल खनेर आम नागरिकलाई धराप थापेको छ ।

एसियाली विकास बैङ्क (एडीबी) बाट १५० मिलियन अमेरिकी डलर (झण्डै १४ अर्ब रुपैयाँ) ऋण लिएर २०७६ फागुन २ गतेदेखि थालिएको तार भूमिगत गर्ने काम अलपत्र पार्दा सङ्घीय राजधानी काठमाडौँकै सडक जोखिमयुक्त बनेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले काठमाडौं उपत्यकाको सौन्दर्यीकरण र सुरक्षा सुधारका लागि भूमिगत विद्युत प्रणाली घोषणा गरेका थिए ।

यो योजनाअन्तर्गत प्राधिकरणले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरको कार्यान्वयन क्षेत्रमा ओभरहेड तार हटाउने , विद्युत आपूर्ति सुरक्षित र भरपर्दो बनाउने , स्मार्ट मिटर, स्मार्ट ग्रीड प्रणालीमा रूपान्तरण र एकै आउँबाट विद्युत तथा इन्टरनेटका तार भूमिगत गर्ने लक्ष्य राखेको छ । यसैगरी सीसीटीभी र ट्राफिक बत्ती आदिका लागि मल्टी युटिलिटी डक्ट पनि बनाइरहेको छ ।

केही क्षेत्रमा यो योजना सम्पन्न भइसकेको छ । तर बाँकी स्थानमा कतै काम जारी छ त कतै अलपत्र ! नयाँ बानेश्वरदेखि शान्तिनगरसम्म सडक र पेटी नै धरापयुक्त बनाएर काम अलपत्र छाडेको देखिन्छ । प्राधिकरणले भूमिगत गर्न ल्याएका सामग्रीहरू थुपार्दा र ठाउँठाउँमा बनाइएको खाडल नपुर्दा सर्वसाधारणलाई आवतजावतमै सकस परिरहेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले नै यो परियोजना रोक्न खोज्दा काम अलपत्र परेको खबर बाहिरिएका छन्‌ । शाक्यले बत्ती गइरहने समस्या देखाउँदै भूमिगत गरिएको तार चार्ज गर्नै नदिएको प्राधिकरणका कर्मचारीहरूले बताएका छन्‌ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ३० बजे

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर

तम्घास– धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

ढोरपाटन– एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन