नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्ट नै मुख्य दोषी : विप्लव « Khabarhub

नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्ट नै मुख्य दोषी : विप्लव


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिष्टहरुको मुख्य दोष रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन विषयक कार्यक्रममा बोल्दै विप्लवले कम्युनिस्ट र त्यसमा पनि माओवादीका कारण नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण भएको बताएका हुन् ।

उनले कम्युनिष्टहरुले आफ्नो विचार, वर्ग, आदर्शलाई छोडेका कारण मुलुक लथालिङ्ग भएकाले अरूलाई दोष दिएर उम्किने ठाउँ नरहेको धारणा राखे । 

उनले तत्कालीन अवस्थामा केपी ओली प्रधानमन्त्री हुँदा नेकपासँग गरेको तीन बुँदे सहमति अझै लागू नभएको भन्दै उक्त सहमति लागू गर्न माग गरे । 

उनले आफूहरू कम्युनिस्ट सिद्धान्तमा अघि बढेको भन्दै कुर्सीका लागि मरिहत्ते गर्ने पार्टी आफ्नो नभएको जिकिर गरे । विप्लवले अव आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने र आफूलाई जिताउन जनतालाई आह्वान गरिने स्पष्ट पारे । 

त्यस्तै नेकपा माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अहिले राजनीतिक दलहरूको ध्यान देश र जनतामा भन्दा पनि गठबन्धन बनाउने र सरकार जोगाउनेमा केन्द्रित रहेको जिकिर गरे । दल नेताहरूकै कारण जनतामा निराशा बढ्दै गएको उनले बताए । शर्माले खुलेआम भ्रष्टाचार बढ्दै गएकाले आफूले नेताहरूको सम्पत्ति छानबिनका लागि पार्टीमा आवाज उठाएको बताए । 

त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले कम्युनिस्ट आन्दोलनमा विरोधाभास देखिएको बताए  । मुलुकमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सकिने भए पनि घुस नखाने राज्य व्यवस्था बनाउन नसक्नु दुर्भाग्य भएको उनले बताए  । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ०१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका