‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’ « Khabarhub

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत र बेलायतबीचको स्वतन्त्र व्यापार सम्झौताले दुबै मुलुकलाई लाभ मिलेको बताएकी छिन् । राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले स्वतन्त्र व्यापार सम्झौताबाट दुबै मुलुकको अर्थतन्त्रमा सकारात्मक परिवर्तन आएको बताएकी हुन् ।

उनले यस सम्झौताबाट दुई मुलुकबीचको व्यापार हरेक वर्ष २५ अर्ब ५० करोड युरोले बढ्ने बताइन् । भारतीय समाचार संस्था एएनआईका अनुसार सम्झौतामा द्विपक्षीय व्यापारमा भारी भन्सार महशुल कटौतीको व्यवस्था रहेको उनले बताइन् ।

उनका अनुसार सम्झौतामा दुई मुलुकबीच कारोबार हुने ९० प्रतिशत वस्तु तथा सेवामा भन्सार शुल्क कटौतीको व्यवस्था गरिएको छ । उनले यस सम्झौतामा बौद्धिक सम्पत्तिको संरक्षणजस्ता विषय पनि समावेश रहेकाले यसले सिर्जनशील कम्पनीलाई पनि लाभ मिल्ने बताइन् ।

तीन वर्षको वार्तापछि गत मे ६ मा भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो । यसलाई भारतले हस्ताक्षर गरेको महत्वपूर्ण व्यापार सम्झौता मानिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै