जहिल्यै बाजुरालाई बजेटमा विभेद, प्रदेश सरकारसँग एमाले आक्रोशित   « Khabarhub

जहिल्यै बाजुरालाई बजेटमा विभेद, प्रदेश सरकारसँग एमाले आक्रोशित  


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२ को बजेटमा विभेद गरिएको प्रति नेकपा (एमाले) बाजुराले सार्वजनिक विरोध गरेको छ । प्रदेश सरकारले बजेट वितरण र योजना छनोटमा बाजुरालाई जहिल्यै विभेद गर्ने गरेको प्रति आपत्तीसहित विरोध जनाएको हो ।

संघ र प्रदेशमा हाल नेपाली कांग्रेस र एमाले सहितको संयुक्त सरकार छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री नेपाली कांग्रेसका छन् । बाजुराबाट प्रदेश सभा दुई जना काँग्रेस र एक जना नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व छ ।

२०७९ को चुनावपछि पहिलो आर्थिक वर्षको बजेट बाजुराकै नरेशबहादुर शाही आर्थिक मामिला मन्त्री थिए । उनले बजेटको सङ्ख्यामा केही मात्रा बढाएको देखिन्छ । तर यो र अघिल्लो आर्थिक वर्षमा बाजुरालाई अन्याय नै गरेको एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले गुनासो गरे ।

बजेट पारित भई यतिबेला कार्यान्वयनको चरणमा छ । तर बाजुरा एमालेले प्रदेश सरकार र सरकारका मन्त्रीको मनोमानी र विभेदकारी नीतिलाई तत्काल सुधार गरिनु पर्ने अडानमा छ । बाजुरा विकट जिल्ला हो । मानव सूचकाङ्कमा पनि सबैभन्दा पछाडि छ । सत्तामा बस्नेले त्यो कुरा थाह पाउनु पर्ने हो, यो अन्याय र विभेदविरुद्ध एमाले सहेर नबस्ने पक्षमा देखिएको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/०८२ मा ३१ अर्ब ६२ करोडको बजेट विनियोजन गरेको थियो । यो आर्थिक वर्ष २०८२-०८३ मा ३३ अर्ब ४७ करोड ६० लाखको बजेट विनियोजन गरेको छ । त्यो मध्ये बाजुराले पाउनु पर्ने न्यूनतम बजेट समेत दुबै वर्ष पाएको छैन् ।

गएको आर्थिक वर्षमा जिल्ला तोकेर २४ अर्ब ४८ करोड ९२ लाख बजेट विनियोजन गरिएको थियो । जसमध्ये बाजुराले जम्मा ८६ करोड ९९ लाख बजेट पायो । त्यो कुल बजेटको ३.५४ प्रतिशत मात्रै हो । जहाँ कैलालीले १८ प्रतिशत बढी बजेट एक्लैले पाएको छ ।

यो आर्थिक वर्षमा पनि उही समस्या र विभेद दोहोरिएको छ । जिल्लालाई विभाजन गरिएको २६ अर्ब ६४ करोड ७५ लाख बजेट मध्ये बाजुराले एक अर्ब ३७ करोड ७१ लाख मात्रै पाएको छ । यो पनि कुल बजेटको ५ दशमलव १६ प्रतिशत मात्रै हो । 

बाजुरालाई गरिने बजेटको विभेद यो वर्ष पनि दोहोरिएको छ । जिल्लाले पाउनुपर्ने न्यूनतम बजेट पनि नपाउनु राज्यबाटै दुर्गम भूगोलमाथि गरिएको अन्याय हो ।

‘बाजुरालाई गरिने बजेटको विभेद यो वर्ष पनि दोहोरिएको छ । जिल्लाले पाउनुपर्ने न्यूनतम बजेट पनि नपाउनु राज्यबाटै दुर्गम भूगोलमाथि गरिएको अन्याय हो, यो मन्त्री र प्रदेश सरकारको अत्याचारको साक्षी बन्न नेकपा एमाले बाजुरा तयार छैन्, प्रतिवाद गरिन्छ’, एमाले बाजुरा अध्यक्ष लालबहादुर ओलीले भने। 

‘सरकार एकल छैन्, संयुक्त छ’, ओलीले भने, ‘ओली र देउवा दुवैजनासँग पुगेर कुरा गर्छु, त्यो अन्याय विरुद्धको लडाइँमा सिंगो बाजुराको साथ रहन्छ । दुर्गमको विकास भएन पनि भन्ने, बजेट छुट्याउँदा विभेद पनि गर्ने कुरा अन्यायपूर्ण छ ।’ 

‘यो अन्याय बाजुरा एमालेका लागि स्वीकार्य छैन्’, ओलीले थपे । उनले पार्टी जिल्ला कमिटीका तर्फबाट सम्बन्धित निकाय र दलको कार्यालयमा लिखित ध्यानाकर्षण समेत दिने तयारी गरेका छन् । बाजुरामा एमालेले प्रतिनिधित्व गर्ने मन्त्रालयबाटै बजेट कमी भएको देखिन्छ । मुख्य मन्त्री र आर्थिक मामिला मन्त्रीबाहेक भौतिक, वन र आन्तरिक मामिला मन्त्रालय एमालेकै भागमा छन् ।

यो आर्थिक वर्ष २०८२/०८३ मा कैलालीले सबैभन्दा धेरै बजेट पाएको छ । कैलालीलाई २२.२३ प्रतिशत अर्थात् ५ अर्ब ९२ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । कञ्चनपुरले १७.३६ प्रतिशत अर्थात् ४ अर्ब ६२ करोड पाएको छ । डडेलधुराले १०.२३ प्रतिशत, बैतडीले ९.५१ प्रतिशत, दार्चुलाले ९.५० प्रतिशत, अछामले ९.४० प्रतिशत, बझाङले ८.४० प्रतिशत र डोटीले ८.२३ प्रतिशत बजेट पाएका छन् ।

जनसंख्याका हिसाबमा बाजुरा डडेलधुराभन्दा माथि छ । भौगोलिक विकटता पनि बाजुरामै बढी छ । तर बाजुरालाई प्राथमिकतामा राखिएको छैन् । बाजुराबाट नेपाली काँग्रेसबाट पदमबहादुर शाही प्रत्यक्ष र जुनाकुमारी दानी समानुपातिक सांसद छन् । नरेशकुमार शाही नेकपा एकीकृत समाजवादीबाट गठनबन्ध हुँदा जितेका सांसद हुन् ।

शाही एक वर्ष आर्थिक मामिलामन्त्री समेत भएका हुन् । उनीहरूले आफूहरूले पहल गर्दा पनि ठूलो रकम ल्याउन नसकिएको र मुख्यमन्त्री र मन्त्रीकै जिल्लामा बढी लिएको आरोप छ । कमलबहादुर शाही मुख्यमन्त्री रहेको यो मन्त्रिमण्डलमा बाजुराबाट कोही मन्त्री छैनन् ।

कुल बजेट मध्ये अधिकांश आवश्यकता भन्दा मागमा आधारित बजेट आएको देखिन्छ । केही बिचौलियाले आफू अनुकुल बजेट माग गरेर, कमिसनकै आधारमा बजेट ल्याएको देखिन्छ । यो विगतदेखि कै निरन्तरता हो । सुदूरपश्चिम सरकारका मन्त्री पनि कोही अछुता देखिदैनन् । यो बारे हरेक आर्थिक वर्षको बजेट आसपास व्यापक बहस र विरोध हुने गरेको छ । केही मन्त्रीका स्वकीय मुद्दा समेत खेपिरहेको अवस्था छ ।

बाजुराको राष्ट्रिय राजनीतिमा पनि राम्रो पकड देखिन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बाजुराकै बद्री पाण्डे छन् । केन्द्र सरकारले पनि बाजुरालाई बजेटमा उपेक्षा गरेको देखिन्छ ।

सम्बन्धित निकायमा एमालेको ध्यानाकर्षण

एमाले बाजुराका अध्यक्ष ओलीले बाजुरालाई बजेटमा उपेक्षा गरिएको भन्दै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गरेका छन् । सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बाजुरालाई सौतेनी व्यवहार गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

बाजुराको राष्ट्रिय राजनीतिमा पनि राम्रो पकड देखिन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बाजुराकै बद्री पाण्डे छन् । केन्द्र सरकारले पनि बाजुरालाई बजेटमा उपेक्षा गरेको देखिन्छ ।

पाण्डे स्वयम नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । नेकपा एमालेबाट पनि स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहित पाँच जना केन्द्रीय सदस्य छन् । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलबाट पनि राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति छ । तर एक इलाका प्रशासन र बर्षौदेखिको समस्या बेलिब्रिज समेत सार्न सक्ने हैसियता नबनाएको आरोप खेप्न बाध्य छन् ।

विभेदमै बाजुरा

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा कञ्चनपुर, कैलाली र डोटीमा बढी योजना केन्द्रित भएको देखिएको छ भने भौगोलिक दृष्टिले कठिन र पछाडि परेको जिल्ला बाजुराका योजना न्यून छन् । 

बजेटको ठूलो भाग सडक पूर्वाधार र कृषि क्षेत्रमा छुट्याइए पनि ती योजनामा बाजुराको उपस्थिति न्यून छ । प्रदेश सरकार मन्त्री पनि यसबारे कुनै जवाफ दिन तयार छैनन् । जिल्लाबाटै जितेर आएको र मतदाताका माग सम्बोधनमा उनीहरूको ध्यान केन्द्रित देखिन्छ । मन्त्री भएर पनि उनीहरु जिल्ला भन्दा माथि उठ्न सकेका छैनन् ।

समस्या उस्तै, बजेट न्यून

बाजुरा जिल्लाका राजनीतिक दल र नागरिक समाजका अगुवाले बजेटमा जिल्लाको प्रमुख मागमध्ये सडक विस्तार, स्वास्थ्य संरचना र विद्युत् आपूर्तिको स्थायी समाधान नपरेको भन्दै आलोचना गरेका छन् । विशेष गरी मार्तडी–कोल्टी सडक स्तरोन्नति, गाउँगाउँमा स्वास्थ्य चौकी स्तरोन्नति, तथा विद्युत् उत्पादन र वितरण जस्ता परियोजनामा पर्याप्त रकम नछुट्याइएको जनाइएको छ।

बजेट कार्यकर्ताका लागि कमिसनसहित हालेको भन्दै जगन्नाथ गाउँपालिका र बुढीगंगा नगरपालिकाले बजेट कार्यान्वयन नै गरेका थिएनन्। जुन अवस्था फेरि आउने देखिएको छ ।

यातायातका साधन सहज नभएको, अधिकांश गाउँ सडक विहीन रहेको, स्वास्थ्य सेवा पहुँच बाहिर रहेको र शिक्षा क्षेत्रमा न्यून स्तरको लगानी भएका कारण बाजुरा विकासमा पछाडि परेको जिल्लाको रुपमा रहेको बाजुरा प्रति प्रदेश सरकारले सौतेनी व्यवहार गरेको बाजुराका स्थानीय तहका प्रमुखको भनाइ रहेको छ ।

विशेषज्ञ भन्छन्, सुदूरपश्चिम प्रदेशले बजेट विनियोजन गर्दा प्रदेशको भौगोलिक असमानता, मानव विकास सूचकांक र सामाजिक अवस्थालाई आधार बनाउने नीति अवलम्बन गर्न जरुरी छ । 

यस अघि बजेट न्यून हाल्ने र हाले पनि कार्यकर्ताका लागि कमिसनसहित हालेको भन्दै जगन्नाथ गाउँपालिका र बुढीगंगा नगरपालिकाले बजेट कार्यान्वयन नै गरेका थिएनन्। जुन अवस्था फेरि आउने देखिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ८ : ४७ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका