करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय « Khabarhub

करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट)बारे जानकारी दिन सुरु गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका करदातालाई शिक्षा दिन थालेको हो ।
 
कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार आर्थिक ऐन २०८२ ले गरेका व्यवस्थाबारे करदातालाई शिक्षा दिन सुरु गरिएको हो ।  व्यवसायीलाई आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि करबारे  जानकारी दिइएको छ ।  उनले भने,’बिलबिजकको प्रयोग, करसम्बन्धी ‘पोर्टल’सञ्चालनबारे सिकाएका छौँ ।’
 
उक्त कार्यालयमा गत आर्थिक वर्षमा दुई हजार ३२५ व्यवसाय दर्ता भएका थिएभने  चालु आवको पहिलो  महिनामा ३५७ व्यवसाय दर्ता भएका छन् । 

चालु आवको पहिलो महिनामा रु १५ लाख ३३ हजार ९११ राजस्व संकलन भएको छ । गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार संकलन भएको थियो ।
 

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ८ : ४८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको