शिक्षा क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्छ : शेखर कोइराला « Khabarhub

शिक्षा क्षेत्र सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्छ : शेखर कोइराला


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षा क्षेत्रको सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा ज्ञानज्योति महिला माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहमा कोइरालाले शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले शिक्षा क्षेत्रको सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।

उनले सामुदायिक शिक्षालाई राम्रो बनाउन सरकारमा बस्नेदेखि ऐन कानुन बनाउनेहरूले ध्यान दिनुपर्ने उल्लेख गरे । कार्यालय सहायक भन्दा पनि शिक्षकको तलब कम रहेकाले शिक्षकलाई राम्रो तलब नदिएसम्म शिक्षा क्षेत्र राम्रो बन्न नसक्ने उनले बताए ।

कोइरालाले देशको आर्थिक अवस्था कमजोर रहे पनि शिक्षामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ५८ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले