प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ « Khabarhub

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ। भदौ २४ गतेको असामान्य परिस्थितिको फाइदा उठाएर लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको हो।

प्रहरी कर्मचारीको पोशाक एवं व्यक्तिगत धनमाल समेतमा क्षति पार्नुको साथै प्रहरी पोशाक एवं गरगहनासमेत चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आपराधिक उपद्रव, चोरी तथा संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले काभ्रे घर भएर ललितपुर महालक्ष्मी ८ लुभुका २० वर्षीय कुमार तामाङ, धनकुटा पाख्रिबास घर भएर लुभु बस्ने २२ वर्षीय गोकर्ण राई, रामेछाप घर भएर लुभु बस्ने २० वर्षीय कृष्णराज गिरी, उदयपुर घर भएर इमाडोल बस्ने ३१ वर्षीय सुनिलकुमार बस्नेत, सोलुखुम्बु घर भएर लुभु बस्ने २२ वर्षीय सरोज नेपाली र सिन्धुली घर भएर इमाडोल बस्ने २१ वर्षीय नरेश तामाङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

प्रहरीले बुट १ जोर, तिलहरी एक थान, झुम्का एक जोर र मंगलसुत्र एक थानसमेत बरामद गरेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ११ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको