प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ « Khabarhub

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ। भदौ २४ गतेको असामान्य परिस्थितिको फाइदा उठाएर लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको हो।

प्रहरी कर्मचारीको पोशाक एवं व्यक्तिगत धनमाल समेतमा क्षति पार्नुको साथै प्रहरी पोशाक एवं गरगहनासमेत चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आपराधिक उपद्रव, चोरी तथा संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले काभ्रे घर भएर ललितपुर महालक्ष्मी ८ लुभुका २० वर्षीय कुमार तामाङ, धनकुटा पाख्रिबास घर भएर लुभु बस्ने २२ वर्षीय गोकर्ण राई, रामेछाप घर भएर लुभु बस्ने २० वर्षीय कृष्णराज गिरी, उदयपुर घर भएर इमाडोल बस्ने ३१ वर्षीय सुनिलकुमार बस्नेत, सोलुखुम्बु घर भएर लुभु बस्ने २२ वर्षीय सरोज नेपाली र सिन्धुली घर भएर इमाडोल बस्ने २१ वर्षीय नरेश तामाङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

प्रहरीले बुट १ जोर, तिलहरी एक थान, झुम्का एक जोर र मंगलसुत्र एक थानसमेत बरामद गरेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ११ बजे

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा