दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द « Khabarhub

दाङका पाँच अतिरिक्त हुलाक कार्यालय बन्द


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङका पाँचवटा अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ को फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् । 

पछिल्लो समय अतिरिक्त हुलाकको काम शून्य प्रायः छ । यसरी सेवाग्राही नहुँदा पनि अतिरिक्त हुलाक कार्यालयहरू बन्द हुने अवस्थामा आएको अधिकृत बस्नेतले बताए। 

‘अतिरिक्त हुलाक कार्यालयको काम शून्य जस्तै छ, केही बैङ्कका चिठीहरूबाहेक अरू चिठी आउन छोडे’, उनले भने। 

अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरूको अवकाश भएपछि त्यो पद स्वतः खारेज हुने भएपछि यसरी अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् । कार्यालयहरू कामविहीन भएपछि बन्द गर्न थाले पनि विरोध भएपछि कर्मचारीको अवधिभर काम गर्ने र अवकाश भएपछि त्यो पद स्वतः खारेज हुने कानुनी व्यवस्था गरिएको छ । 

अतिरिक्त हुलाक कार्यालयहरूमा हुलाक प्रतिनिधि, वितरण, डाँक वाहकलगायतका पद थिए । उनीहरूले दैनिक कम्तीमा पनि दुई घण्टा काम गर्नुपर्ने हुन्थ्यो । हाल जिल्लामा २५ वटा हुलाक अतिरिक्त कार्यालयहरू भने चलिरहेका छन्भने इलाका हुलाक कार्यालयहरू पाँचवटा रहेका छन् । 
 

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १२ : ४४ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज