सिरहामा राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु, राहदानी सेवा सुरु हुन सकेन « Khabarhub

सिरहामा राष्ट्रिय परिचयपत्र वितरण सेवा सुरु, राहदानी सेवा सुरु हुन सकेन


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड भएपछि ठप्प भएको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमशः सञ्चालन हुँदै गएको छ । कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनः सुरु गरेको छ ।

कार्यालयका प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीहरूले लुटेर लगेको क्यामेरा फिर्ता भएकाले राष्ट्रिय परिचयपत्र -सम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याइएको हो । तर, राहदानी सेवा भने अझै सुरु हुन सकेको छैन । 

प्रदर्शनका क्रममा राहदानी सेवाको ‘स्क्यानर मेसिन’ र क्यामेरा फुटाइएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म राहदानी सेवा बन्द नै रहने कार्यालयले जनाएको छ ।

‘केही दिनमा नै काठमाडौँबाट नयाँ उपकरण आउनेछ, त्यसपछि राहदानी सेवा पनि सुरु गर्नेछौँ,’ प्रमुख खनालले बताए। यसअघि, कार्यालयले असोज १ गतेदेखि नागरिकता वितरण सेवा पुनः सुरु गरिसकेको थियो ।

सेवा सञ्चालन गर्न कार्यालय मर्मत–सम्भारको काम समेत क्रमशः अगाडि बढाइरहेaको छ । प्रमुख खनालका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि तोडफोडका कारण करिब रु १५ लाख बराबरको क्षति पुगेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १२ : ५० बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज