सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना | Khabarhub Khabarhub

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान भएको छ ।

झापादेखि मोरङ, सुनसरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, बाँके हुँदै कैलाली, कञ्चनपुरसम्मै तस्करीको जालो फैलिएपछि सशस्त्र हैरान भएको छ।

सीमा क्षेत्रमा खटिएका मातहत जुनियर र सिनियर अधिकृतहरूसमेत तस्करीमा संलग्न भएको कुराले हलचोकको टाउको दुखेको छ।

तस्करी गरेर ल्याएको सामान बरामद भएकै संख्यामा नबुझाई हिनामिना गरेको आरोप सशस्त्रका अधिकृतहरूलाई लाग्ने गरेको छ ।

पछिल्लो पटक यस्तै विवादमा सशस्त्र प्रहरी बल रौतहट गणका डीएसपी अमर लामासहितका अधिकारीहरू तानिएका छन् ।

तस्करीको सबै सामान नबुझाएर बदनियत गरेको भन्दै लामासहितका अधिकृतहरूलाई छानबिनका लागि मधेश प्रदेशको बाहिनीमा तानिएको छ। उता झापा मा पनि सशस्त्रका अधिकारीहरू नै तस्करीमा मुछिएको खबर आएको छ । सुनसरी र मोरङमा पनि त्यही समस्या छ ।

लुम्बिनी र सुदूरपश्चिमका जिल्लामा पनि सशस्त्रकै कर्मचारीहरू तस्करीका सामान हिनामिनामा लागेको खबरपछि आईजीपी राजु अर्यालले गत भदौ ३ गते भर्चुअल बैठक गरेर कडा निर्देशन दिएका थिए । सशस्त्रका केही अधिकारीहरू छानबिनमा तानिँदा पनि तस्करी रोकिन सकेको छैन ।

झन् जेन-जीन आन्दोलनको उथलपुथलपछि सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ हुने लागुऔष तस्करी बढेको छ । यता नेपालबाट भारततिर गाँजा ओसारपसार पनि बढ्दो छ ।

अर्कातिर भन्सार छलेर भित्र्याइने चिनी, रासायनिक मलदेखि घरेलु उपभोग्य सामान पनि सशस्त्रका लागि तनावका विषय बनेका छन् ।

सशस्त्रका तल्लो युनिटहरू एकपछि अर्को विवादमा परिरहेको अवस्थामा तस्करी रोक्ने नयाँ उपाय अपनाएको छ । गत भदौ २३ र २४ गतेको जेन-जी विध्वंशबाट उत्पन्न संकटपूर्ण अवस्थाबीच सशस्त्रले सूचना माग्न थालेको हो ।

आन्दोलनको उथलपुथल र चाडपर्वमा तस्करहरूले चोरी–तस्करीलगायत आपराधिक क्रियाकलाप गर्नसक्ने जनाउँदै सशस्त्र मुख्यालयले त्यस्ता गतिविधि देखिए–भेटिए सूचना दिन भनेको हो ।

मुख्यालयले एक सूचना जारी गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूसमेत तस्करीमा संलग्न भएको हुनसक्ने जनाउँदै सीधै हलचोकमा सूचना दिन भनेको हो । त्यस्तो क्रियाकलाप भएमा हटलाइन नम्बर ९८५१२६१२०० मा एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न सशस्त्रले भनेको छ ।

‘आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहले खुल्ला सीमा इलाकाबाट चोरी–तस्करीलगायत सीमा अपराध गराउन सक्ने हुँदा यस्तो क्रियाकलाप भएको पाइए–देखिए वा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीसमेत यस्तो अवाञ्छित क्रियाकलापमा संलग्न भएको पाइएमा सशस्त्र प्रहरी बलको हटलाइन नम्बर ९८५१२६१२०० मा एसएमएस, ह्वाट्सएप वा भाइबरमा म्यासेज–फोन वा टोल फ्री नम्बर १११४ मा जानकारी गराई सहयोग गरिदिनहुन…’, सूचनामा भनिएको छ ।

नेपाल–भारत खुल्ला सीमानाको सुरक्षा र अवैध चोरी तस्करी रोक्न खटिएका सशस्त्र प्रहरी नै अहिले तस्करीमा संलग्न भएको भन्दै आलोचना भइरहेको छ। सशस्त्रकै कर्मचरी पनि चोरी–तस्करी भइरहेको गुनासो आइरहेको छ । त्यहीकारण हलचोकले हस्तक्षेप गरेर सूचना माग्न थालेको हो।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १ : २९ बजे

दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो

काठमाडौं– बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ

पाकिस्तानी हवाई आक्रमणमा २३ जनाको मृत्यु

एजेन्सी– पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार

दुई महिनापछि खुल्यो अरनिको राजमार्ग, आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर

काठमाडौँ- निरन्तर झरिरहेको पहिरोले अवरुद्ध चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको

अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा ३७ हजार २६

डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख एक लाख घुससहित पक्राउ

दैलेख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर