शिक्षामन्त्री पुनको जवाफ : किताब बेच्दा बेच्दै मन्त्री भएँ, योजना के छन् भनेर नसोध्नू « Khabarhub

शिक्षामन्त्री पुनको जवाफ : किताब बेच्दा बेच्दै मन्त्री भएँ, योजना के छन् भनेर नसोध्नू


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने र त्यहीँ पकाएर खाने बताएका छन् ।

सोमबार केशर महलमा मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथग्रहणपछि मन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले आफू किताब बेच्दै गर्दा मन्त्री भएको भन्दै अहिले नै के-के योजना छन् भनेर नसोध्न पनि पत्रकारहरूलाई भने ।

आफू विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेको मान्छे भएकाले नयाँ आविष्कार गर्ने र शिक्षालाई पनि सुधार गर्ने प्रतिबद्धता उनले जनाए ।

उनले अहिले पनि आफूले युवाहरूलाई सन्देश दिँदा कसैको पुच्छर भएर वा कसैलाई सोधेर भन्दा आफ्नो विवेकमा काम गर्न सुझाएको बताए ।

तर, आफूले युवाहरूलाई जेसुकै गर वा सुतेर बस नभनेको पनि बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ४ : ५९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा