शिक्षामन्त्री पुनको जवाफ : किताब बेच्दा बेच्दै मन्त्री भएँ, योजना के छन् भनेर नसोध्नू « Khabarhub

शिक्षामन्त्री पुनको जवाफ : किताब बेच्दा बेच्दै मन्त्री भएँ, योजना के छन् भनेर नसोध्नू


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने र त्यहीँ पकाएर खाने बताएका छन् ।

सोमबार केशर महलमा मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथग्रहणपछि मन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले आफू किताब बेच्दै गर्दा मन्त्री भएको भन्दै अहिले नै के-के योजना छन् भनेर नसोध्न पनि पत्रकारहरूलाई भने ।

आफू विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेको मान्छे भएकाले नयाँ आविष्कार गर्ने र शिक्षालाई पनि सुधार गर्ने प्रतिबद्धता उनले जनाए ।

उनले अहिले पनि आफूले युवाहरूलाई सन्देश दिँदा कसैको पुच्छर भएर वा कसैलाई सोधेर भन्दा आफ्नो विवेकमा काम गर्न सुझाएको बताए ।

तर, आफूले युवाहरूलाई जेसुकै गर वा सुतेर बस नभनेको पनि बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ४ : ५९ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,