अमेरिकाले सरकारसँग माग्यो एमसीसी कार्यान्वयन गर्ने थप प्रतिबद्धता | Khabarhub Khabarhub

अमेरिकाले सरकारसँग माग्यो एमसीसी कार्यान्वयन गर्ने थप प्रतिबद्धता


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राजदूत डीन.आर. थम्पसनले सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर थम्पसनले खनालसँगको छलफलमा मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसीसी) कार्यान्वयनमा थप प्रतिबद्धता खोजेका छन् ।

भेटमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूत थम्पसनबीच भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि परिवर्तित अवस्था र अमेरिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको थियो ।

उक्त भेटमा राजदूत थम्पसनले एमसीसीको सहयोगमा सञ्चालित परियोजनाहरू समयमै सम्पन्न गर्ने कार्ययोजनामा नेपाल सरकारको थप प्रतिबद्धता जरूरी रहेको पनि बताएका छन् ।

उक्त भेटमा अर्थमन्त्री खनालले एमसीसी परियोजनाको सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा ढिलाइ नहुने विश्वास दिलाएका उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ५ : ४३ बजे

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर