पाकिस्तानी हवाई आक्रमणमा २३ जनाको मृत्यु « Khabarhub

पाकिस्तानी हवाई आक्रमणमा २३ जनाको मृत्यु


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

विपक्षी सांसदहरूले सेनाले आतंकवाद विरोधी अभियान अन्तर्गत रातिमा छापा मारेको आरोप लगाएका छन् तर सरकार वा सशस्त्र बलले कुनै आधिकारिक वब्तब्य जारी गरी यस सम्बन्धमा औपचारिक भनाई सार्वजनिक गरेका छैनन् । 

पाकिस्तानी तालिवान (टिटिपी) लडाकूले हालैका महिनाहरूमा अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा सुरक्षा फौजविरुद्ध हिंसा अभियान बढाएका छन्।

राष्ट्रिय सभाका विपक्षी सदस्य इकबाल अफ्रिदीले घटनाको पुष्टि गर्दै एएफपीसँग भने ‘सुरक्षा बलको विमानले गोलाबारी गरेको र यसबाट २३ जनाको मृत्यु भएको छ।’

सोमबार दिउँसो खैबर पख्तुन्ख्वाको विधानसभामा बोल्दै प्रान्तीय सांसद सोहेल खान अफ्रिदीले पनि आक्रमणका लागि सेनाको आलोचना गरेका छन्। 
 
आक्रमणबारे प्रतिक्रया जनाउने दुवै सांसद जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सदस्य हुन् । खैबर पख्तुनख्वा प्रान्त खानको पार्टीको प्रभाव क्षेत्र हो । तिराह शहरमा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीसँग बताएअनुसार मारिने २३ जनामध्ये सात महिला र चार बालबालिका पनि थिए ।
 
पेशावरका एक सुरक्षा अधिकारीले मृतकको सङ्ख्या पुष्टि गर्दै उक्त क्षेत्रमा ‘टिटिपी लुकेका दर्जनौँ स्थान’ रहेको बताएका छन् । उनले आक्रमण कसले गरेको हो भन्ने कुरा पनि बताउन अस्वीकार गरे।

सोमबार दिउँसो करिब दुई हजार मानिसहरू नजिकैको शहरमा घातक आक्रमणको विरोधमा भेला भएका थिए। सन् २०१४ मा सुरु भएको आतंकवाद विरोधी अभियानअघि टिटिपीले अफगानिस्तानसँग सीमा जोडिएको भूभाग कब्जा गरेको थियो।

शनिबार छिमेकी जिल्लामा भएको आक्रमणमा १२ जना सैनिकको मृत्यु भएको थियो । सेनाले सोमबार अबेर प्रकाशित एक विज्ञप्तिमा भनेको छ, सैनिक कारबाहीमा सप्ताहन्तमा ३१ ‘ख्वारिज’ को मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ७ : ०० बजे

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा

दोलखा– जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि