दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो « Khabarhub

दसैँ सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा चाप बढ्यो


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । विशेषगरी अन्तर्राष्ट्रिय उडानमा चाप भएपनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । दसैँमा काठमाडौँबाट विभिन्न गन्तव्यमा जाने हवाइ यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ । केही विदेशी वायुसेवा कम्पनीले उडान थपेका छन् । कतिपय एयरलाइन्सले चार्टर्ड उडान पनि गरिरहेका छन् । 

‘अन्तरराष्ट्रियतर्फ आवागमन बढ्दो क्रममा छ । आन्तरिकमा साविक बमोजिम सामान्य छ’, प्रवक्ता शेर्पाले भने, ‘अबको विजया दशमीको दिनसम्म आन्तरिकतर्फ पनि उडान बढ्ने सम्भावना छ ।’

प्रवक्ता शेर्पाका अनुसार शनिबार अन्तर्राष्ट्रियतर्फ १०६ उडान भएका छन् । जसमा ५४ आगमन भए भने ५२ वटा प्रस्थान भए । यी उडानबाट आठ हजार २९ यात्रु नेपाल आएका छन् । आन्तरिकतर्फ २२२ उडान भएका छन् । यसमध्ये काठमाडौँबाट बाहिरिने यात्रुको सङ्ख्या ६ हजार ८७५ रहेको छ भने भित्रिनेको सङ्ख्या चार हजार ६५ रहेको छ ।

आइतबार अन्तर्राष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार ५०० यात्रु भित्रिएका छन् । छ हजार ८०० यात्रु बाहिरिएका छन् । आन्तरिकमा कूल २२९ उडानमार्फत सात हजार ८८७ र पाँच हजार ५०५ यात्रु काठमाडौँ भित्रिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दाबढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ २५० बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ । 

आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फa तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।
 

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ७ : १९ बजे

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित

मौका नदिई खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं– एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको