पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’ « Khabarhub

पढेलेखेका साइकल मिस्त्री ‘बृहस्पति’


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – बृहस्पति बुढाक्षेत्री दैनिक साइकल मर्मत सकेर साँझ धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्छन्। उन सो क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

धनगढी उपमहानगर–१ मा टहरो बनाई साइकल मर्मत पसल चलाएका उनले धनगढीमा घरजग्गा र घर जोडिसकेका छन् । उनले भने, “पढे लेखेकाहरुले साइकल मर्मत गर्ने कामलाई तल्लो दर्जाको ठान्छन्, आफू भने शान र मानकासाथ यही व्यवसायमा रमाइरहेको छु ।”

धेरै वर्ष भारतमा बिताएका ५६ वर्षीय उनले ३८ वर्षको उमेरमा विवाह गरे । दुई छोरालाई बोर्डिङ स्कूलमा पढाइरहनु भएका बुढाक्षेत्री आफ्नै ठाउँमा बसेर सहजै जीवनयापन गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्। अछाम जिल्ला पुर्ख्यौली घर भएका उनले भने “कामको खोजीमा विदेशिने युवाहरुलाई आफ्नै भूमिमा उद्यम गर्न सल्लाह दिन्छु ।”

सुरुका दिनमा छोरा पढिरहेको धनगढीको एक विद्यालयमा मासिक शुल्क बुझाउन जाँदा हेयको दृष्टिले गरिएको व्यवहारले अपहेलित महसुस गरेका उनले अर्को दिन भने आफूले विद्यालयका कर्मचारीसँग अग्रेजी भाषामा जवाफ फर्काउँदा शिक्षकले राम्रो व्यवहार गरेको अनुभव सनाए ।

“आफूसँग योग्यता भएमा कति कदर हुँदो रहेछ भन्ने यो घटनाले सिकायो”, उनले भने, “त्यसपछि भने छोराछोरीको स्कूल जाँदा राम्रो व्यवहार हुने गरेको छ ।” उनको साइकल मर्मत गर्ने टहरोमा दिउँसो अधिकांश बुद्धिजीवी र समाजसेवीहरु आपसमा देशको सामाजिक, आर्थिक, राजनीतिकलगायतका विषयमा गफिन आउँछन् ।

“अहिलेको युवापिँढीका निम्ति श्रमको सम्मान गर्नुपर्छ भनेर बुढाक्षेत्री उदाहरण बन्नुभएको छ”, उनको टहरोमा गफिँदै गर्नुभएका सुदूरपश्चिम विश्व विद्यालयका पूर्व डिन पदमकान्त जोशीले भने, “स्नातकोत्तर अध्ययन गरिरहनु भएपनि उहाँको मेहनत र परिश्रमलाई अन्य शिक्षित बेरोजगारका लागि उदाहरणीय काम हो । ” रासस

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ५५ बजे

एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समेट्न दलहरूलाई वकालत पत्र

काठमाडौं– आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न