अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने « Khabarhub

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको संस्करण (एल्गोरिदम)को लागि सुरक्षा प्रदान गर्ने तयारी गरेको ह्वाइट हाउसले सोमबार जानकारी गराएको छ ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भने, “यो प्रस्तावले टिकटकको अमेरिकी संस्करणलाई नियमन गर्नेछ।”यसका लागि ओरेकलले सुरक्षा प्रदायकको रूपमा सेवा गर्ने अपेक्षा गरिएको छ।

सम्झौताले टिकटकको सामग्री सिफारिस एल्गोरिदमको एक प्रतिलिपि अमेरिकी संयुक्त उद्यम प्रणालीमा ल्याइने व्यवस्था गरेको छ। नाम नबताउने सर्तमा ती अधिकारीले भने, “टिकटकलाई अमेरिकी प्रयोगकर्ताको तथ्याङ्कमा सुरक्षा प्रदायकद्वारा पूर्ण रूपमा निरीक्षण र पुनः प्रशिक्षित गरिनेछ, र त्यसपछि यो अमेरिकी संस्थाद्वारा सञ्चालन गरिनेछ।”

वाशिङटनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकलाई अमेरिकी संस्करणलाई चिनियाँ मातृ कम्पनी बाइटडान्सको हातबाट लिन खोजेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ववर्ती जो बाइडेनको शासनकालमा अमेरिकी संसद् (कङ्ग्रेस)ले बाइटडान्सलाई अमेरिकी संस्करण बेच्न बाध्य पार्ने कानुन पारित गरेको थियो ।

ट्रम्पको पहिलो कार्यकालमा रहेका अमेरिकी नीति निर्माताहरूले चीनले टिकटकको प्रयोगबाट अमेरिकीहरूको तथ्याङ्क चोनै वा उनीहरूले सामाजिक सञ्जालमा देखेका कुराहरूमा प्रभाव पार्न सक्ने चेतावनी दिएका छन् ।

सोमबार अमेरिकी अधिकारीले भने, “एल्गोरिदमलाई ‘अनावश्यक प्रभाव नपरोस’ भनेर सुनिश्चित गर्न ‘निरन्तर निगरानी’ गरिनेछ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १० : ३९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको