निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह « Khabarhub

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सो पार्टीले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

पार्टीका सचिवालय सदस्य वर्षमान पुनका अनुसार सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने भएपनि पर्याप्त ध्यान पुग्न नसकेकाले तत्काल आवश्यक कदम चाल्नुपर्छ । माओवादी केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको दोहोर्याउँदै मतदाता नामावली अद्यावधिक गर्न निर्देशन जारी गरेको समेत जानकारी गराएको थियो ।

यस्तै, घोषित मितिमा निष्पक्ष धाँधलीरहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारले सक्रिय पहल गर्नुपर्ने धारणा राखेको थियो । आफूहरुले निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेको उल्लेख गर्दै माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतका अन्य दललाई पनि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको थियो । बैठकमा माओवादी केन्द्रका तर्फबाट नेताहरु पम्फा भुसाल र वर्षमान पुन सहभागी थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ११ : ५८ बजे

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम