सडक किनारबाट उद्धार गरिको कछुवालाई सिमसारमा छाडियो « Khabarhub

सडक किनारबाट उद्धार गरिको कछुवालाई सिमसारमा छाडियो


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको उर्लाबारी नगरपालिका-३ मंगलबारेबाट उद्धार गरिएको कछुवालाई सुरक्षित स्थानमा छाडिएको छ । संरक्षणकर्मी एवम् विज्ञान लेखक गोविन्द पोखरेलले सडक किनारमा फेला पारेको कछुवा सिमसार क्षेत्रमा छाडेका हुन् ।

लक्ष्मी पूजाको दिन घर नजिकैको सडकमा फेला परेको ‘इन्डियन फ्ल्यापसेल टर्टल’लाई उर्लाबारी-२ मा रहेको बेतिनी सामुदायिक वन एवम् बेतिनी सिमसार क्षेत्रमा छाडिएको हो । यो कछुवालाई नेपालीमा पुतली कछुवा समेत भनेर भनिन्छ ।

संरक्षणको हिसाबले यो कछुवा र गैँडाको प्राकृतिक अवस्था एउटै हो । दुवै प्रजातिलाई आईयूसीएनले ‘भल्लरेबल’ सूचीमा राखेको पोखरेलले बताए । हाल राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत पोखरेलका अनुसार यो प्रजातिको कछुवा पछिल्लो ४५ वर्षमा ३० प्रतिशतले घटेको छ ।

सिमसार क्षेत्रको अधिक अतिक्रमण र विनाशका साथै स्थानीय स्तरमा खानाका लागि उपभोग हुँदा यो प्रजातिको संख्या घट्दो अवस्थामा रहेको उनले बताए ।

यो प्रजातिको कछुवा नेपालसहित भारत,बंगलादेश,पाकिस्तान लगायतका मुलुकमा पाइन्छ । यो कछुवा सिमसार क्षेत्र, पोखरी, नदी किनार, धाप, सहरी क्षेत्रका सिँचाइ आयोजना तथा खेतमा पनि पाइने गर्छ ।

पोखरेलका अनुसार यो प्राजतिको प्रजनन सुरू गर्मीयामको अन्त्य र मनसुनसँगै सुरू हुन्छ । एउटा पोथीले २ देखि १५ वटासम्म फूल उत्पादन गर्ने उनले बताए । यो कछुवाको चार देखि ५ वर्षको उमेरदेखि प्रजनन‌का लागि योग्य हुने विज्ञहरू बताउँछन् ।

आयूसीएनका अनुसार यो प्रजातिको कछुवाको अधिकतम कति वर्षसम्म बाँच्‍न सक्ने भन्ने सन्दर्भमा उल्लेख नभए पनि एउटा पुस्ता करिब १५ वर्षसम्म हुने अनुमान गरिएको छ । नेपालमा कछुवाका तीन परिवारका १८ वटा प्रकारका पाइन्छन् । यो कछुवा मांसाहारी र शाकाहारी दुवै भएकाले सर्वहारी प्रजाति रहेको पोखरेलले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ५ : ०१ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका