सडक किनारबाट उद्धार गरिको कछुवालाई सिमसारमा छाडियो « Khabarhub

सडक किनारबाट उद्धार गरिको कछुवालाई सिमसारमा छाडियो


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको उर्लाबारी नगरपालिका-३ मंगलबारेबाट उद्धार गरिएको कछुवालाई सुरक्षित स्थानमा छाडिएको छ । संरक्षणकर्मी एवम् विज्ञान लेखक गोविन्द पोखरेलले सडक किनारमा फेला पारेको कछुवा सिमसार क्षेत्रमा छाडेका हुन् ।

लक्ष्मी पूजाको दिन घर नजिकैको सडकमा फेला परेको ‘इन्डियन फ्ल्यापसेल टर्टल’लाई उर्लाबारी-२ मा रहेको बेतिनी सामुदायिक वन एवम् बेतिनी सिमसार क्षेत्रमा छाडिएको हो । यो कछुवालाई नेपालीमा पुतली कछुवा समेत भनेर भनिन्छ ।

संरक्षणको हिसाबले यो कछुवा र गैँडाको प्राकृतिक अवस्था एउटै हो । दुवै प्रजातिलाई आईयूसीएनले ‘भल्लरेबल’ सूचीमा राखेको पोखरेलले बताए । हाल राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत पोखरेलका अनुसार यो प्रजातिको कछुवा पछिल्लो ४५ वर्षमा ३० प्रतिशतले घटेको छ ।

सिमसार क्षेत्रको अधिक अतिक्रमण र विनाशका साथै स्थानीय स्तरमा खानाका लागि उपभोग हुँदा यो प्रजातिको संख्या घट्दो अवस्थामा रहेको उनले बताए ।

यो प्रजातिको कछुवा नेपालसहित भारत,बंगलादेश,पाकिस्तान लगायतका मुलुकमा पाइन्छ । यो कछुवा सिमसार क्षेत्र, पोखरी, नदी किनार, धाप, सहरी क्षेत्रका सिँचाइ आयोजना तथा खेतमा पनि पाइने गर्छ ।

पोखरेलका अनुसार यो प्राजतिको प्रजनन सुरू गर्मीयामको अन्त्य र मनसुनसँगै सुरू हुन्छ । एउटा पोथीले २ देखि १५ वटासम्म फूल उत्पादन गर्ने उनले बताए । यो कछुवाको चार देखि ५ वर्षको उमेरदेखि प्रजनन‌का लागि योग्य हुने विज्ञहरू बताउँछन् ।

आयूसीएनका अनुसार यो प्रजातिको कछुवाको अधिकतम कति वर्षसम्म बाँच्‍न सक्ने भन्ने सन्दर्भमा उल्लेख नभए पनि एउटा पुस्ता करिब १५ वर्षसम्म हुने अनुमान गरिएको छ । नेपालमा कछुवाका तीन परिवारका १८ वटा प्रकारका पाइन्छन् । यो कछुवा मांसाहारी र शाकाहारी दुवै भएकाले सर्वहारी प्रजाति रहेको पोखरेलले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ५ : ०१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका