कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण « Khabarhub

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि उपजको नयाँ बिक्री मूल्य तोकेको छ । 

मंसिर २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार धान, मकै, गहुँ, दलहन तथा तेलहन बालीको नयाँ दररेट स्वीकृत गरिएको हो । नयाँ मूल्य सूची अनुसार बिउबिजनतर्फ सबैभन्दा महँगो उन्नत जातको हाइब्रिड मकैको बिउ प्रतिकेजी ३०० रुपैयाँ र हाइब्रिड धानको बिउ २०० रुपैयाँ तोकिएको छ । 

बास्नादार धानको बिउ १०५ रुपैयाँ, गहुँको ८० रुपैयाँ, मुसुरो १६० रुपैयाँ र तोरीको बिउ १७० रुपैयाँ  मूल्य कायम गरिएको छ । प्रमाणित बिउको मूल्य भने केही कम रहेको छ। हरियो मलको रूपमा प्रयोग हुने ढैंचाको बिउ १२० रुपैयाँ तोकिएको छ ।

मन्त्रालयले बिउका लागि अयोग्य खाद्यान्नको मूल्य पनि सार्वजनिक गरेको छ । जसअनुसार गहुँ प्रतिकेजी ३८.६७ रुपैयाँ, मोटो धान ३४.६३ रुपैयाँ र मकै ३५ रुपैयाँ पर्नेछ । 

यसका साथै कृषि सह–उत्पादनअन्तर्गत धानको परालको मूल्य प्रतिकेजी २ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ११ : २६ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन