फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक « Khabarhub

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार फिल्मका नायकसमेत रहेका प्रकाश सपुत र गायिका मेलिना राईको स्वर रहेको गीत ‘मिरमिरे भो’ सार्वजनिक गरेको हो । यस गीतमा शब्द र संगीत पनि प्रकाशले नै दिएका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा छ ।

गीतले फिल्म त्रिकोणात्मक प्रेम कथामा बनेको संकेत गरेको छ, जुन टिजरमा पनि देखिएको छ । यो फिल्मको प्रदर्शन मिति माघ १ लाई तोकिएको छ ।

यार्सा फिल्म्सको प्रस्तुति बनेको यस फिल्ममा दयाहाङ, प्रकाश, सिर्जनासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचनलगायतको अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर हुन् ।

गीतको लिंक :

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : ०६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा