रवि–बालेन भेटमा के कुरा भयो ? « Khabarhub

रवि–बालेन भेटमा के कुरा भयो ?


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार साँझ भेट भएको छ ।

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै बाहिर आएर राजनीति सक्रियतालाई तीव्रता दिएका छन ।

गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन हुँदै काठमाडौं आइपुगेका हुन् ।
लामिछाने र बालेनबीच लगातार दुई दिन दुईपटक नै भेट भएको छ । रास्वपा स्रोतका अनुसार उनीहरुबीच आइतबार पनि भेट भएको थियो । सोमबारको भेट भने रास्वपा केन्द्रीय सदस्य असिम साहको घरमा भएको हो ।
छलफलमा बालेनका तर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी थिए । रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम साह सहभागी थिए ।

छलफल सहकार्यमा केन्द्रित भएको बताइएको छ । ‘छलफल प्रगतिउन्मुख छ । कसरी सहकार्य गर्ने भन्नेमै केन्द्रित कुरा भयो’ सहभागी एक नेताले भने ।

भेटमा अबको निर्वाचनमा रास्वपाको तर्फबाट बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव भएको पनि बताइएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ११ : ०७ बजे

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय