दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किलोमिटर कालोपत्रे « Khabarhub

दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किलोमिटर कालोपत्रे


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वेदकोट– कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्रे गर्ने काम सकिएको छ ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्रे निर्माण गर्ने काम पूरा भएको हो ।

निर्माणको काम सुरु भएको सात वर्षको अवधिमा पाँच किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले बताए। 

उनका अनुसार हालसम्म दैजी–लिप्ना सडकखण्डमा पाँच किलोमिटर कालोपत्रेका साथै नाली, कल्भर्ड र पर्खाल निर्माणको काम सकिएको छ । वर्षेनी बर्खामा पहिरोले सडक भत्किने गरेकोले निर्माणमा ढिलाइ हुने गरेको उनको भनाइ छ । 

‘लिप्नामा पहिराले सडक अवरुद्ध हुने गरेको छ । बनाएको संरचना बर्खामा पहिरोले भत्काउने गरेको छ,’ उनले भने, ‘त्यसैले निर्माणको काममा केही ढिलाई भइरहेको हो ।’

उनका अनुसार हाल पनि निर्माणको काम जारी नै रहेको छ । विसं २०७४ वैशाख ८ मा नागार्जुन कन्स्ट्रक्सनसँग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पटक पटक म्याद थप हुँदा पनि दैजी–लिप्प्ना सडकखण्डको पूर्णता नपाएको हो । 

पछिल्लो पटक विसं २०८२ असार मसान्तसम्म निर्माणको म्याद थप गरिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार रु २१ करोड २६ लाख रुपैयाँमा सडक निर्माणको सम्झौता भएको थियो । 

दैजी–लिप्ना कञ्चनपुरको दैजी र डडेलधुराको जोगबूढा जोड्ने सडकको एक खण्ड हो । पूर्णरुपमा कालोपत्रे नभए पनि दैजी–लिप्ना कच्ची सडकमा जोखिम मोलेर  स्थानीय ओहोरदोहोर गर्न बाध्य छन् ।

दैजी–लिप्ना सडकले डडेलधुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकालाई छोटो दूरीमा तराईसँग जोडेको छ ।

 ‘वर्षौ भइसक्दा पनि अहिलेसम्म सडक कालोपत्रे हुन सकेको छैन । कच्ची बाटोबाटै जोखिम मोलेर यात्रा गर्नु परेको छ,’ परशुराम नगरपालिका–९ का दिनेश बोहराले भने, ‘वर्खामा यात्रा नै गर्न सकिँदैन । हामी कालोपत्रे सडक भएर आवातजावत कहिले गर्न पाउँला ?’

उक्त सडकबाटै पर्यटकीयस्थल वेदकोट ताल पनि पुग्न सकिन्छ । पर्यटकीय क्षेत्रसमेत जोड्ने दैजी–लिप्ना खण्ड कालोपत्रे भए आवतजावतमा सहजता थपिने स्थानीयको विश्वास छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १२ : ५३ बजे

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका