राष्ट्रिय सभा बैठक बस्दै (कार्यसूचीसहित) « Khabarhub

राष्ट्रिय सभा बैठक बस्दै (कार्यसूचीसहित)


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सभा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यसैगरी, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक– २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक– २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक– २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ५३ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको