महासचिव पोखरेलको निर्देशन : प्रेस चौतारीको नयाँ नेतृत्व चुनाव होइन, सहमतिबाट गरौँ « Khabarhub

महासचिव पोखरेलको निर्देशन : प्रेस चौतारीको नयाँ नेतृत्व चुनाव होइन, सहमतिबाट गरौँ


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीनिकट पत्रकारहरूलाई सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।

विराटनगरमा आइतबार सुरू प्रेस चौतारी नेपालको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

‘महाधिवेशन आजका दिनमा जुन परिस्थितिमा हुँदै छ, अहिले हामीलाई एकता चाहिएको छ’, उनले भने, ‘हामीलाई प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ । अहिले कांग्रेस र एमाले मिलिरहेका छन् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नु होला ।’
 
उनले संगठनलाई छरितो र गतिशील संगठन चाहिने बताउँदै प्रेस चौतारी नेपालको आकार सानो र चुस्त हुनुपर्ने बताए ।

‘हामीलाई एकताबद्ध संगठन चाहिएको छ । सबैलाई एकताबद्ध गर्न जरुरी छ’, उनले भने, ‘हिजोको विभाजनको पीडा सम्झिऊँ । चुनाव होइन सहमति गरौँ । तपाईँहरूको संगठन तपाईँले बनाउने हो । एकताबद्ध र छरितो बनाउनुस् ।’

चौतारीको महाधिवेशनमा यसअघि प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली आउने तालिका थियो । तर, नेतृत्व चयनमा विवाद सुरू भएपछि ओलीले महासचिव पोखरेललाई विराटनगर पठाएका हुन् ।

ओलीले यसअघि नै वर्तमानमा उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएका थिए । त्यहीअनुसार जनसंगठन तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल र प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले चुनाव नगराई सर्वसम्मतको सूचना भित्तामा टाँस्ने बताइरहेका छन् ।

तर, अर्का उपाध्यक्ष राजेश राईले चुनावी प्रतिस्पर्धाबाटै छिनोफानो हुनुपर्ने भन्दै अध्यक्षमा दाबी गरिरहेका छन् । वर्तमानमा कोषाध्यक्ष इन्द्र आचार्यले पनि अध्यक्षमा दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ४ : २३ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको