आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक | Khabarhub Khabarhub

आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल)को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ।

मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हरायो। १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो।

दिल्लीका लागि लोकेश राहुलले ५७ रनको योगदान गरे। ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे। उनले कप्तान अक्षर पटेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। पटेलले २० बलमा ३४ रन जोडे। प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे। लखनउका आइडन म्याक्रमले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पहिलो १० ओभरमा ८७ रन बनाउँदै १ विकेट गुमाएको लखनउलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका मुकेश कुमारले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए।

लखनउका म्याक्रमले ३३ बलमा ५२ रज जोडे। मिचेल मार्सले ३६ बलमा ४५ रनको योगदान गरे। आयुश बडानीले २१ बलमा ३६ रन बनाए। सातौँ क्रममा झरेका ब्याट्सम्यान ऋषभ पन्त दुई बलमा कुनै रन नजोड्दै आउट भए। उनले पारीको अन्तिम दुई बल सामना गरेका हुन्।

दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ५७ बजे

अस्पतालमा कार्यालय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि… 

सुर्खेत– कालिकोट जिल्लाको सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका–३ स्थित ताडी आधारभुत

पाकिस्तानमा टिकटक स्टारको ह*त्या

काठमाडौं – पाकिस्तानमा टिकटक स्टारको हत्या भएको पछिल्लो घटना सार्वजनिक

क्रोम्प्टनको ‘नयाँ वर्षको ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न 

काठमाडौं– सीजि इलेक्ट्रोनिक्सद्वारा सञ्चालित क्रोम्प्टनको ‘नयाँ वर्षको ठूलो हर्ष’ क्याम्पेनअन्तर्गतको मासिक लक्की

भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध

गलकोट– बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि उरुग्वेका