बढ्दो गर्मीसँगै तातो हावाको लहर चल्न सक्छ सतर्कता अपनाऔँ  « Khabarhub

बढ्दो गर्मीसँगै तातो हावाको लहर चल्न सक्छ सतर्कता अपनाऔँ 


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बढ्दो गर्मीसँगै तातो हावाको लहर चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ। विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए। ‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री बढी तापक्रम मापन गरिएको छ,’ उनले भने, ‘२ दिन तापक्रम बढ्ने नै देखिन्छ। तातो हावाको लहर चल्न सक्छ सतर्कता अपनाउनुहोला।’

तातो हावाको लहर चल्यो भने सुरुमा शरीर चिलाउने, साना बिमिरा देखिने समस्या हुनसक्छ।  घाउ र बिमिरामा इन्फेक्सन भयो भने घाउ ठुला हुने र खटिरा पनि बन्न सक्ने हुन्छ।  तातो हावाका कारण खुट्टा सुनिने, रिँगटा लाग्ने र बेहोस पनि हुनसक्ने हुन्छ। रक्तचाप घट्ने लगायतका लक्षण समेत देखिन सक्छ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् लामिछानेको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : ०२ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण