आमा, बहिनी र ज्वाइँसहित घुम्न कश्मीर गएका थिए सुदीप | Khabarhub Khabarhub

आमा, बहिनी र ज्वाइँसहित घुम्न कश्मीर गएका थिए सुदीप


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको जम्मु कश्मीरमा मंगलबार लस्कर ए तैयबा समूहले गरेको आक्रमणमा मारिएका नेपाली युवक रुपन्देहीको बुटवलका भएको खुलेको छ ।

कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना पर्यटक मारिएका थिए । जसमा एकजना नेपाली २७ वर्षीय सुदीप न्यौपाने पनि रहेको मंगलबार नै खुलेको थियो ।

परराष्ट्र मन्त्री डा. आरजु राणाले कश्मीरको पाहलगममा भएको आतङ्ककारी आक्रमणमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, कालिकानगर निवासी सुदीप न्यौपानेको गोली लागेर ज्यान गएकी जानकारी दिएकी हुन् ।

‘सुदीप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, परराष्ट्र मन्त्री राणाले भनेकी छिन् ।

बुटवल उपमहानगरपालिका-१४ का वडाअध्यक्ष दधिराम न्यौपानेले आक्रमणमा २७ वर्षीय न्यौपानेको मृत्यु भएको बताएका छन् । न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मीर गएका थिए।

सुदीपको शव बुधबार नै नेपाल ल्याउने तयारी भइरहेको उनले बताए । शव काठमाडौं ल्याइने भएकाले बुझ्न आफू त्यतै गएको पनि उनले बताएका छन् । न्यौपाने सुनसरीको धरानमा पब्लिक हेल्थ लिएर पढिरहेका विद्यार्थी रहेको खुलेको छ ।

उक्त आक्रमणमा उनी आमासमेत घाइते भएको खुलेको छ । उनी गत शनिबार मात्रै आमा रीमा, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेलाई लिएर कश्मीर घुम्न गएका थिए । मंगलबारको घटनामा रीनाका एक मात्रै छोरा सुदीप मारिएका हुन् । रीना पनि घटनामा घाइते भएकी छन् ।

परराष्ट्रमन्त्री राणाले न्यौपानेको आमा रीनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । ‘उहाँहरू घुमघामका लागि त्यहाँ पुग्नु भएको समाचार आएको छ, यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन्,’ उनले भनेकी छन, ‘नेपाल सरकार यो घटनाको निन्दा एवम् भर्त्सना गर्दछ । यस दुःखको घडीमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौँ ।’

उनका अनुसार यो घटनाबारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालयले भारतीय पक्षसँग सम्पर्क गरिरहेको छ ।

पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटक छन्। मृत्यु हुनेमा भारतको  उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाबासी छन् । घटनामा दुई स्थानीयबासी पनि मारिए । भारतीय सेनाका एकजना लेफ्टिनेन्टले पनि ज्यान गुमाए ।

आक्रमणपछि साउदी अरेबियाको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किएका छन्। उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक राखे। नेपालसहित अमेरिका, इरान, रुस, इटाली, युएई र अन्य देशले घटनाको कडा निन्दा गरेका छन्।  

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : ३३ बजे

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

म्याग्दी– धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न

किसानकाे आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

बागलुङ- बागलुङ नगरपालिका– ५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको