रविको रिटमा आदेशको प्रतीक्षा, सर्वोच्च परिसरमा समर्थकको भिड (तस्बिरहरू) « Khabarhub

रविको रिटमा आदेशको प्रतीक्षा, सर्वोच्च परिसरमा समर्थकको भिड (तस्बिरहरू)


९ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएपछि आदेशको प्रतिक्षा भइरहेको छ ।

आदेश आउन लामो समय लागेपछि अहिले सर्वोच्च अदालत परिसरमा बाक्लो भिड लागेको छ । भिडलाई व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मे परेको छ।

रिपोर्टिङका लागि पुगेका पत्रकारलाई पनि प्रहरीले सर्वोच्चको गेटबाट बाहिर निकालेको छ । पत्रकारहरूलाई सडकभन्दा पारी जान भनिएको छ।

सर्वोच्च परिसर र सडकमा अहिले रास्वपाका सयौँ कार्यकर्ता र समर्थकको भिड लागेको छ। तर अझैसम्म आदेश आइसकेको छैन ।

शुक्रबार सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।

बहसपछि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए । 

सुनुवाइ सकिएकाले अहिले न्यायाधीशद्वय ढोका थुनेर आदेश लेखिरहेका छन् । अबको केही बेरमा आदेश आउने बताइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ७ : ३७ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी