रविको रिटमा आदेशको प्रतीक्षा, सर्वोच्च परिसरमा समर्थकको भिड (तस्बिरहरू) « Khabarhub

रविको रिटमा आदेशको प्रतीक्षा, सर्वोच्च परिसरमा समर्थकको भिड (तस्बिरहरू)


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएपछि आदेशको प्रतिक्षा भइरहेको छ ।

आदेश आउन लामो समय लागेपछि अहिले सर्वोच्च अदालत परिसरमा बाक्लो भिड लागेको छ । भिडलाई व्यवस्थापन गर्न प्रहरीलाई पनि हम्मे परेको छ।

रिपोर्टिङका लागि पुगेका पत्रकारलाई पनि प्रहरीले सर्वोच्चको गेटबाट बाहिर निकालेको छ । पत्रकारहरूलाई सडकभन्दा पारी जान भनिएको छ।

सर्वोच्च परिसर र सडकमा अहिले रास्वपाका सयौँ कार्यकर्ता र समर्थकको भिड लागेको छ। तर अझैसम्म आदेश आइसकेको छैन ।

शुक्रबार सर्वोच्च अदालतमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए ।

बहसपछि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए । 

सुनुवाइ सकिएकाले अहिले न्यायाधीशद्वय ढोका थुनेर आदेश लेखिरहेका छन् । अबको केही बेरमा आदेश आउने बताइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : ३७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा