तिनाउमा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला « Khabarhub

तिनाउमा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् । बिहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका–३ तिनाउखोला ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृतावस्थामा फेला परेका हुन् ।

नेपाल प्रहरी, नेपाली सेनाको तालिम प्राप्त टोलीले ड्यामसाइडबाट शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई बताए । “अन्सारी चार जना साथीहरूसँग घुम्न आएका थिए । साथीहरू भने सकुशल छन्”, उनले भने ।

गत वैशाख र यही जेठमा तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सरकार र प्रहरीचौकी दोभानको समन्वयमा दुर्घटना सम्भावितस्थलका लागि निषेध गरे पनि आफूखुसी पौडी खोल्ने क्रम बढेकाले दुर्घटना भएको उनको भनाइ छ । हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र खोलाको तस्वीर लिनेहरू लडेर ज्यान गुमाउने गरेका प्रउ भट्टराईले बताए ।

यस क्षेत्र पर्यटकका लागि आकर्षणस्थल भए पनि त्यसको उचित सुरक्षा प्रबन्ध नहुँदा धेरैले ज्यान गुमाउनुपरेको हो । उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटक बढी जाने गरेका भन्दै सुरक्षाको उचित प्रबन्ध नहुँदा दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

खोला किनार तथा सम्भावित जोखिम भएका क्षेत्रमा जाँदा सुरक्षाका उपाय अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय, आगन्तुक तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ । पछिल्ला केही दिनयता भारत, रुपन्देहीलगायत तराईका जिल्लाबाट गर्मी छल्न तिनाउखोलामा पौडी खेल्न पुग्नेको सङ्ख्या बढ्दै गएकाले उच्च सर्तकता अपनाउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको हो ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ९ : ४२ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र